युवा आन्दोलन र पाएको उपलव्धी
![]() |
| भिमकान्त भण्डारी |
नेपालमा भएका धेरै आन्दोलन सफल हुन्छन् तर त्यस बाट फाईदालिने भनेका तालू खुइलिएका , दांत झरेका , कपाल दारी फुलेका हिड्दा खेरी लौरोको साथ वा अरू कसैको साथ लिनपर्ने बुढा घरमा नाति पनाति भएका वा हुने समय भएकालेनै फाइदा लिन्छन तर के तिनिहरुले नै सांच्चैने आन्दोलन लाई सफल गराएका नै हुन के तिनिहरुले नै आजसम्मका उपलब्धी भएका हुन तर तर होइनन। हामिले पुरै आन्दोलनहरु हेरौ भने हरेक आनदोलनमा घाईत हुने ,सहादत प्राप्त गर्न , पक्रिने आनदोलनमा सरिक हुन लाठी खाने बेपत्ताहुने भनेका सबै युवा पुस्ता नै हो । आन्दोलन सफल हुनेबेलामा आएर चर्का भाषण गर्न पनि पछि पर्दैनन् । हामिले युवा पुस्तालाई यसो गर्छौं उसो गर्छौं सायद त्यतिको त पहिलो पटक प्रेममा परेको यूबकले पनि आफ्नो प्रमिकालाई आकाशका ताराहरु झार्दैनन । तर भने किन हाम्रा नेतृत्व तहमा पुगेकाले त्यर्हा पुगेपछि सम्पुर्ण कुरा सपनामा भने जस्तै गर्छन् । जतिबेला प्रेमी प्रमिकाको माया विवाहामा परिणत भई सकेको करिब १० वर्ष भईसकेको हुन्छ । युवालाई परिवर्तनका वाहक हुन् । जब देश संकटमा पर्छ अनि आफ्नै कांधमा बोक्न जुर्मुराउछन युवाहरु । उनीहरुको कांधमा युग परिवर्तनको दायित्व हुन्छ अनि मानवताको रक्षा गर्ने प्रण पनि । तर देशको युवा शक्तिलाई उचित व्यवस्थापन गरिएको छैन । जब युवा शक्तिलाई उचित व्यवस्थापन गरिदैन तब त्यसले समाजलाई सहि मार्ग निर्देश गर्न सक्दैन । समाजको गतिमा ठेस लाग्छ र रुपान्तरणको प्रक्रिया असम्भव हुन्छ ।समाजमा दिनानुदिन हत्या ह्रिसा फैलिदै जान्छ । समान अशान्त हुन्छ । समाजको प्रगगि हाईन अदोगति सुरुहुन्छ ।
हाम्रासामयुवा कालागि भनेर गरिएका हजारौ ओठे बोलि , धरै दस्ताबेज , निकै गुलिया वचन हजारौ समिनार का निचोडहरु, अरबौ ५ तारे होटलको बिल कयौ आयोगहरु ,छन तर भने त्यसबाट आजसम्म युवा जमातले केहि पनि पाएको छैन दिनानुदिन युवाहरुमा वितृष्ण पैदा भएको छ लाखौ युवा विदेश पलायन हुन बाध्य छन् । दैनिक हजारौ युवाहरुले म्यानपावर कम्पनि र सयौ को संख्यामा तिनकुने स्थित श्रम विभाग धाउने गर्दछन । त्यतिकै कुलतमा फस्न बाध्य छन , धेरै मात्रा चारि डकैतिमा लाग्न बाध्य छने तरभने आजसम्म हाम्रा नेतृत्व गर्ने भन्न ले सोच्न भ्याएका छैनन् । भ्याएके नामाम थियो युवा मनत्रालय तर त्यले काम पनि गर्न सकेको छैन नत आफनो केहि धाराण लै राख्न सकेको छ । मन्त्रालयमात्र स्थापना भएको छ । मात्र राजनितीक दलहरुलाई सरकार गठनको समय भागबन्डा गर्ने स्थान र सचिब तथा मन्त्रीका आशेपासेको लागि कमाई खाने भाडो मात्र भएको छ ।।
भर्खरका १८ बर्ष युवा वर्षमा ४ लाख नेपाली युवाहरु श्रम बजारको अभावमा भौतारिएको तथ्यांकले जनाउछन् । जसमध्ये मुस्किले ४० हजारले मात्र रोजगारी पाउछन् । यसले पनि वार्षिक करिब ३ लाख ६० हजार युवाशक्ति बेरोजगारीको समस्याले आक्रान्त बन्दै गएको देखाउछ । यही बेरोजगारीको पीडाले देशको महत्वपूर्ण युवा शक्ति कामको खोजीमा विदेशिने वा निरासाले दुव्र्यसनतिर लाग्न बाध्य हुन्छन् ।
केहिसमय अगाढि को तथ्याङ्गहर्नेहो भने दैनिक २ हजार युवाशक्ति कामको खोजीमा विदेशिने गरेको छ । तर हाम्रा राजनीतिज्ञहरु रेमिटेन्समाथि आखा गाड्छन् । युवाशक्ति विदेश नपठाए अर्थतन्त्र धान्न नसकिने बुझ्छन् अनि कसरी हुन्छ युवाहरुको समस्याका समाधान ?
युग परिवर्तनमा कााध थाप्ने युवाहरुको बलिदानीबाट नै नेपाल संविधानसभामय बनेको छ । देशलाई संविधानसभाबाट नयाा रुप दिनको लागि कठोर संघर्ष र बलिदानमा होमिएका युवाहरुको राजनीतिक दलमा सकारात्मक प्रतिनिधित्व छैन । आज पनि हरेक पार्टिमा युवाका प्रतिनिधित्व भएपनि नियार्ण स्ििथतमा भने कुनै काम गर्न पर्यो भने युवाहरुलाई सौताका छोरा जस्तै गराइनछ । अनि तिनैनेताहरुले चर्का चकर्मा भाषण भने गर्न पछ छाड्दैनन् ।
राजनीतिक दलहरु भित्र युवा शक्तिलाई हेर्ने दृष्टिकोण पनि स्पष्ट छैन । आज हाम्रा राजनितीमा पनि नेतृत्वलाई विकल्परहिद मान्ने कुपर्था छ यसलेगर्दा युवाहरुमाझन नैरहस्यता प्रदान गरेको हुन्छ । मर्नको लागि अन्तीम स्थितिमा पुगेपनि राजनिति छाडेन सकदैनन्. । एउटै पदमा निरन्तरताको कुरा गर्ने हो भने संयुक्त राष्ट्र संघमा पनि दुई पटकभन्दा बढी समय एउटै व्यक्ति महासचिव नियुक्त हुन पाउदैन । तर नेपालमा एउटै व्यक्ति पाच–पाच पटकसम्म प्रधानमन्त्री भइसक्दा पनि अझै विकल्प आगालिएको छैन । जबसम्म युवाहरुको उचित प्रतिनिधित्व हुदैन तबसम्म देशले निकाश पाउन सक्दैन । सकभर राजनीतिक दलहरु युवा शक्तिलाई राजनीतिमा ल्याउन चाहदैनन् भने युवाशक्तिहरु पनि विभिन्न राजनीतिक दलका झण्डामुनी झुकेर स्वयं युवाहरुका मुद्दाप्रति लाचार बनेका छन् । आज पनि राजनिनितीक वृतमा जब ६० वर्ष काट्छ तबकात्र युवा नेता मान थालिल्छ । यो नै नेपालि राजनितिमा सबै भन्दा लजास्पद कुरा हो । राजनितीमा युवा प्तिनिधिको कुरा गर्न नेताहरु आफकसैले पनि अवकास लिन चाहंदैनन् । यदि कदाम कदापी नेतृत्व दिएपनी तिनिहरु को आखा खुटा् हात बाधिएको हुन्छ । भने मुख थुनिएको हुन्छ । जबसम्म राजनीतिको नेतृत्वमा युवा पुग्दैनन् तबसम्म आमूल परिवर्तनको बाटो रोकिरहनेछ । संसारका हरेक परिवर्तनलाई कााधमा राख्ने युवा शक्तिलाई उचित स्थान नदिएसम्म देशले विकासको कोल्टे फेर्न पनि सक्दैन । नेपालको राजनीतिमा लामो समयदेखि चलेको नेतृत्व छाड्न नसक्ने कुसंस्कार, सत्ता मोहले लिप्त अहंकार र वंशवादको अन्त्य गरी निश्चित उमेर पार गरेपछि स्वत: अवकाशको व्यवस्था गरिनआवश्यक छ । युवाहरुको माग पुरा गर्नको लागी कुनै पनि राजनितिक दलको झन्डा मुनि भन्दा सबैमिलेर दबाब दिन सकेका आज का युवाहरुका केहि माग हरु पुरा गर्न सजिलो हुनेछ । यति त्यो गर्न नसकेका फेरी पनि हामि युवा हरुलाई भेडा गराई फेरी पनि आफ्नो रजाई गर्नेछन् अहि पुराना अनुहार ले । त्यसैले सबैदलहरुले गर्ने भनेको आन्दोलनमा हामि युवाहरु केहिपनि सरिक नहौ अब देशमा आन्दोलन होइन आर्थिक बिकाशको खाँचो छ । सबै आफनो सेक्टरबाट आर्थिक बिकाशमा टेवा गर्न काम गरौ र मेरो पनि सब युवाहरुमा यो भावना आयोस भन्ने कामना गर्दछु

