|

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु


कञ्चपुर, असार १७-कञ्चनपुरको त्रिभुवनबस्ती-८ मा गएराति कल्भर्टमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीका अनुसार मृत्यु हुनेमा कालिका गाविस-२ दशरथबस्तीका १९ वर्षीय रामबहादुर सुनार र भीमदत्त नगरपालिका-१८ भगतपुरका जयकिसन चौधरी रहेका छन्।रामबहादुरको घटनास्थलमै र जयकिसनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नृप शाहले बताए।तीव्रगतिमा रहेको मोटरसाइकलले गति नियन्त्रण गर्न नसक्दा कल्भर्टमा ठोक्किएको प्रहरी निरीक्षक शाहले बताउनुभयो। दुवै मृतकको शव आफन्तलाई बुझाइसकिएको बताइएको छ। रासस
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 4:43 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु"

Leave a reply