बिदेश उड्ने यात्रुले अब थप एक हजार एयरपोर्ट कर तिर्नुपर्ने
काठमाण्डौ कात्तिक १६ - त्रिभुवन बिमानस्थलको सुधारका लागि भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले एक हजार एयरपोर्ट कर थप्ने तयारी गरेको छ ।
अहिले प्राधिकरणले सार्क राष्ट्रमा उडान गर्नेहरुबाट प्रतिब्यक्ति ७ सय रुपैयाँ र अन्य मुलुकमा उडान गर्नेका लागि १ हजार रुपैयाँ लिँदै आएको छ । बिमानस्थल कर थप्ने योजनापछि अब बिदेश उड्ने हरेक यात्रुले २ हजार रुपैयाँ उडानपिच्छे कर तिर्नुपर्ने छ । एयरपोर्ट कर पनि हवाई टिकटमै जोडिने भएकाले टिकटको मुल्य बढ्ने छ ।
शुल्क थप्ने बिषयमा सैद्धान्तिक सहमति भई हाल पर्यटन मन्त्रालयमा पठाइएको प्राधिकरण स्रोतले जानकारी दियो । थप उठने रकमबाट एसियाली बिकाश वैंकको ऋण चुक्ता गर्ने, बिमानस्थलमा भौतिक पूर्बाधार थप्ने, यात्रुको सुबिधाका लागि एक्सरे मेसिन, स्क्यानिङ र एयरवे बि्रज थप्ने प्राधिकरणले योजना बनाइरहेको छ ।
स्रोत :ऑनलाइन खबर