गज़ल
स्वर्ग जस्तो संसारमा,सीता जस्ती नारी
सुकोमल भावनामा, हाँस्थ्यो घर बारी
सुषमा को ज्योति आउने सधैँ मिर्मिरेमा
प्रभातिले नौलो किरण छर्थ्यो वारी पारी
ढकमक्क कुसुमले खुसि छायो दिलमा
हाँसी खुसि फैलिएका वन पाखा घारी
पूजा, पाठ, अर्चना र सद्भावना बाँड्दै
सद्प्रेमले भक्तिभाव हुन्थे मन कारी
सन्तोषले रमाउथ्यौँ सुख,शान्ति,घरमा
आपसमा माया प्रेम सबै सदा चारी
मग मग सौरभले बगैंचा नै ढाक्यो
सबै बस्थ्यौँ आनन्दले बिसाएर भारी
Copy right @ कोमल भट्ट,काठमाडौँ
हाल :- न्युयोर्क ,अमेरिका
31 October ,2012 .
