|

साउदी अरबमा १ बर्ष देखि पिडितले देखेका र झेलेका ब्यथा

धन बहादुर वली,साउदी अरेबिया ( रियाद )-साउदी अरब मा काम गरेको ४ बर्ष बितेछ | यो अवधिमा मेरो भाग्य अथवा अवसर जे भएपनि मैले नेपालीहरु माझ रहन पाए कम्तिमा १०० पटक भन्दा बढी साउदी अरब स्थित नेपाली दुताबास मा पुग्ने मौका पाए ।

केहि आफ्ना समस्या अनि केहि अरुका समस्या हेर्दा मलाई लाग्छ हामी नेपाली हरुमा बैदेशिक रोजगारीको फोहर भनेको दलाली रहेको छ ।  दलाल हरु कहाँ कहाँ सम्म छन् अनि कहाँ कहाँ सम्म पुग्न सक्छन भनेर भनिरहनुपर्छ जस्तो मलाई लाग्दैन । 

दलाली भनेको एउटा खराब नियत हो जुन हरेक मान्छे मा हुन्छ । त्यसका रुप र हद को मात्रै कुरा फरक होला नत्र स्वार्थको लागि गरिने यस्ता कामहरु सबैले प्राय गरिरहेकै हुन्छन । समस्या उनीहरुको पहुच र पावर को हो उनीहरु नै शक्तिशाली भएकोले गरिब र लेबर सरहको कामगर्ने सोझा सिधा मान्छे हरुले न्याय पाउदैनन ।  यसको निकासका निमित्त सरकारले नै जिम्मेवारी पुर्बक उनीहरुलाई नियन्त्रण मा राख्नुपर्ने हुन्छ अन्यथा इजराइल मा जस्तै अरबी देशहरुले पनि आफ्नो कामदार आपूर्ति समन्धी नीति परिबर्तन गर्न नसक्लान भन्न सकिन्न ।  हुनत यसको दोषी रोजगारीका निम्ति जाने कामदार पनि कहिँ न कहिँ अवस्य होलान तर कामदारलाई दोषी देखाएर सरकार चुप लाग्छ ।  भने त्यस्तो सरकारले जनताको चिन्ता भन्दा आफ्नो कुर्ची मोह बढी भएको भनेर जनता सामु प्रस्ट गरिरहेको हुन्छ । अर्थतन्त्रको आधार को रुपमा लिईएको बैदेशिक रोजगार लाई दलाल हरुको जिम्मा लगाउने अनि कामदार हरुलाई नै गलत ठहर्यौदा त्यसको परिणाम पक्कै पनि दलाल हरुको मनोबल उच्च हुने अनि अन्ततः बैदेशिक रोजगारीमा दलाल हरुकै हाबी बढ्न गइ बैदेशिक रोजगारी तहसनहस हुनसक्ने खतरा मैले देखिरहेको छु |

मेनपावर कम्पनि लाई भनेर साउदी बाट फ्री मा पाइने भिजा र टिकट समेत को पैसा असुलेका दलाल हरुले फेरी नेपाल बाट आउने कामदार हरु बाट पनि सक्ने पैसा असुलिरहेको आफ्नै आखाले देखेको छु ।   नेपाल सरकारले नै तोकेको अधिकतम रकम भन्दा दोब्बर रकम उठाइरहेका हुन्छन | यसरि दिन प्रतिदिन दलाल हाबी हुदै जाने र नेपाली हरुले बिदेशमा कामदारको रुपमा काम गर्ने कम्पनि हरुमा दुख पाउदै जाने स्थिति रहने हो भने एकदिन बैदेशिक रोजगारी (अर्थतन्त्र को खम्बा) समाप्त हुने निश्चित प्राय छ ।  मैले आफै पनि साउदी बसाईको ४ बर्षको अनुभव ले के कुरा बुझेको छु भने धेरै जसो कम्पानी हरु नाफाको निम्ति कामदार आयात गर्ने गरेका हुन्छन भने त्यो देशको सरकार आफ्ना नागरिक लाई रोजगारीमा लगाउन चाहन्छन वा त्यस्तो नीति लागु गर्दै जाने पक्षमा हुन्छन । 

ब्यालेन्स मिलाउन खोज्ने सरकार र कम्पनि हरुकै बिचमा उभिएका आप्रबासी कामदार हरुलाई विभिन्न बहानामा सरकारले निकालिरहेको हुन्छ | त्यसको मारमा सबैभन्दा धेरै नेपाली नागरिक हरु परेको मेरो भोगाई पनि हो ।  त्यसको कारण हो हाम्रो देशको राजनैतिक खिचातानी र त्यसकै आडमा मौलाएको  दलाली प्रवृति साउदी अरबमा रहेका कामदार हरु मध्य झन्डै आधा जस्तै देखिने गरि कामदार हरु भगौडा कामदार को रुपमा काम गरिरहेका छन् । जसको कारण एउटा मात्रै भन्नुहुन्छ भने त्यो हो “दलाली” नेपालबाट आउने अनि रोजगारदाता कम्पनिले भने बमोजिमको तलब लगाएत सेवा सुबिधा नदिने हुन्छ | कोहि अबैधानिक रुपमा काम गरेर राम्रै आम्दानी गरिरहेका हुन्छन भने कोहि न्यायको खोजि का निम्ति भौतारिन्छन तर न्याय पाउदैनन किनभने हाम्रो सरकार को उपस्थिति यहाँ निकै कम्जोर छ | मलाई यहाँ अर्को एउटा कुरा जोड्न मन लागेको छ  । अरबिक मेनेजर रहेको मेरो कम्पनि बाट म नेपाली दुताबास रियाद पुगेर कम्पनि फर्केपछि मलाई अफिसमा बोलायो म गए उसले सोध्यो मलाई इन्ता अलियोम व्हेन ? मैले जवाफमा केहि भन्न सकिन किनकि डर सबैलाई हुन्छ म दुताबास मा आफ्नो समस्या राख्न गएको थिए उसले त्यहि बिसयमा केरकार गर्दै थियो | उसले फेरी सोध्यो इन्ता अलियोम रो सफारा ? मैले जवाफमा आइवा रो भने मलाई राम्रो अरबिक आउदैना फेरी पनि मैले यहि बुझे तँ  दुताबास गएको हो ? मैले जबाफमा उह गए भनेर भने ।  उसले मलाई फेरी भन्यो तिम्रो दुताबास लाई एउटा पेप्सी मा हाम्रो पक्षमा बोल्ने बनाउन सक्छौ | मैले नेपाली समाचार हरुमा श्रमसहचारी नियुक्त हुने र सहचारी मार्फत सामान्य समस्या सुल्झाउने छ भन्ने बुझेको थिए त्यसैले मलाई मेरो देश र हाम्रो सरकार प्रति गर्व थियो | र मलाई रिस उठ्यो मैले जवाफमा भने उनीहरु संग के सम्झौता गरेको छ | पालना गर्न तिर लाग हैन भने हामी लेबर कोर्ट सम्म गएर कम्पनि नै बर्बाद पारिदिन्छौ | उसले त सिधै भन्यो मलाई कि तिमि जहाँ जान मन छ जान सक्छौ | चाहे कोर्ट जाउ चाहे दुताबास कहिँ गएर केहि गर्न सक्दैनौ मतलब “कोर्ट हाम्रो नाटक हो अनि तिम्रो दुताबास हाम्रो मुठीभित्र छ”| हुनपनि त्यस्तै भयो १ बर्ष भयो न एक सुक्का पैसा छ | न नेपाल फर्किन पाइएको अब त्यस बिचमा के के गरे वा कहाँ कहाँ मेरो बेथा सुनाए भन्ने कुरा गरौ कम्तिमा १०० पटक भन्दा बढी मा नेपाली दुताबास साउदी अरब मा पुगेको छु , दुताबास को सहयोग मै लेबर्कोर्ट मा समस्या सुल्झाई दिन निबेदन गरे २ महिना लामो कसरत गर्दा पनि नेपाल फर्किने मात्रै बाताबरण पनि तयार गर्न सकेन लेबर्कोट ले पनि नेपाल सरकारले चलाउने कार्यक्रम जनतासंग प्रधानमन्त्री रेडियो नेपाल बाट प्रशारण हुन्छ त्यहाँ दुताबासलाई भनेर हामीलाई नेपाल फर्काईदिन पहल गरिदिनुस भनेर इमेल गरे जुन प्रसारण पनि भएको थियो र प्र म ले आफुले सहयोग गर्ने आस्वासन पनि दिनुभएको थियो ।

एन आर एन साउदी लाई पनि लामो इमेल गरेर उद्दार गर्दिन अनुरोध गरे उह कहिँ कतै बाट ठोस उपलब्धि हुन सकेन अन्ततः खाने चारो खोज्दै हिडेको छु | भनाइको अर्थ मा पनि अबैधानिक कामदार बन्ने तरखर मा छु  । अब बुझ्न सकिन्छ किन साउदी मा यति धेरै कामदार बिचल्लीमा परेका छन् किन कम्पनि छोडेर भगौडा कामदार भएर बसे ? म संचार संग यति नजिक छु कि आफुले चाहेको बेला जुनसुकै ठाउमा उजुरी गर्न सक्छु तर पनि १ बर्ष लामो अवधिमा त न्याय र उद्दार हुन सकेन भने हजारौ सोझा नेपालीहरुको हालत के होला ? भोक भोकै भएपनि कम्पनि छोडेर भाग्न उनीहरुलाई रहर त पक्कै थिएन होला ? बैधानिक कामदार ठगेको आफ्नै आखाले देखेका हरुलाई अबैधानिक भएपछी झन् धेरै ठगि हुन्छ भन्ने सोच्दैनन् होला त ? मलाई यति धेरै लामो ब्याख्या लेखिरहन मन पनि थिएन | साउदी अरब मा रहेका भिजाको कारोबार गर्ने बिमल गौतम भन्ने एकजना पुर्ब एन आर एन का सचिव महोदय ले आफ्नो मेनपावर नेपाल गेटवे ओभर्सिज बाट ल्याएका कामदार हरुले सुनाएको दुख ले प्रेरणा जाग्यो र लेखन मन लाग्यो अन्यथा मलाई मेरो उद्दार को निम्ति भनेर मैले यहाँ लेखेको होइन किन भने म थाकिसकेको छु | उद्दार भनेको सहि समयमा गरिनुपर्छ | बाढी आएर पानी सुकिसके पछी हेलिकोप्टर घुमाएर केहि फाइदा हुदैन कि उनीहरु मरिसक्छ्न नमर्ने हरु सुरक्षित भैसक्छ्न | मैले पनि बाढीको पिडा थाहा पाइसकेको छु अब उद्दार गर्ने समय होइन भन्ने मलाई लाग्छ |


भगौडा भइसकेपछि उद्दार गर्देउ भन्ने पनि कसरि भन्नु अब हैन र ? सकिन्छ भने यिनीहरुको कुरा सुन्दिनुस यस्तो लेख्दिन अनुरोध गरेका थिए उनीहरुले मलाई  रौतहट जिल्ला कमल पोख्रेल  ,सिन्धुपाल्चोक फुर्पा तामांग  र  उदयपुर सुमन राई  हाल साउदी अरेबिया बस्दै आएका साथीहरु जसलाई बैदेशिक रोजगारीका निम्ति साउदी रोजगारका लागि प्रतिव्यक्ति १११००० ने रु लिई बिमल गौतम नेपाल गेटवे ओभर्सिज को अर्को एकजना नाम नखुलेको दलाल हरु मार्फत किनेको भिजामा ३ जना साउदी पुगे । आएको 20 महिनापछि मात्रै १० महिनाको तलब दिएपछि थाहा भयो हामी फसिसकेको कुरा उनीहरुले भने त्यसपछि सुरु भएको हार  गुहार सम्बन्धित मेनपावर कै सरसल्लाह बमोजिम उल्लेखित दलाल हरु कै आदेश अनुसार साउदी लेबर कोर्ट सम्म पुग्यौ | लेबर कोर्ट मा छलफल को क्रम मा थाहा भयो हामीले १११००० तिरेर पनि निज दलाल हरुले १००० रियाल प्रति व्यक्ति  रियाल लिएर लेबर पुर्याउने सम्झौता गरेका रहेछन |

यस्तो सम्झौता कै कारणले गर्दा केश उपर सुनुवाई नै हुनसकेन | त्यसपछि नेपाली दुताबास साउदी अरेबियामा लिखित रुपमा न्यायको माग गर्दै निबेदन दिइयो | उनीहरुले बिलौना गर्दै भने अब हामी सडक मा भोक भोकै सुत्नुपर्ने अवस्थामा आइपुगेका छौ | कानुनी हैसियतले साउदी बस्न नपाउने भैसकेका उनीहरु भौतारिएर घुमिरहेका छन् | अकमा को म्याद सिद्धिएको हुनाले पनि झन् समस्या छ | यसका लागि जिम्मेवार सम्बन्धित मेनपावर र दलाल लाई कारबाही कसले गर्ने ?  न त दुताबासले छानबिन गर्न सक्छ न त अरु कुनै माध्याम ले न्याय पाउने अवस्था छ | यस बिषय मा नेपाल सरकार संग हाम्रो न्याय र उद्दार को पहल गरिदिन अनुरोध गर्दछौ | ल हेर्नुस उदाहरण यहि छ यसरि दिनानुदिन नेपालीहरु बिदेशमा ठगिनु अनि नेपाल सरकार तथा सरोकारवाला निकाएले जिम्मेवारी पूर्ण रुपमा काम नगर्दिनुले पनि झन् अर्को समस्या आएको छ | के सच्चाई देखेर पनि अनदेखा गर्नेहरु सरकारमा बसेका हुन् त ? किन कारबाही हुदैन दलाल तथा मेनपावर हरुलाई ? राजनैतिक अवस्था जस्तो भएपनि यी र यस्ता बिसयमा त ध्यान दिन सकिन्थ्यो होला नि ? पिज्जा इन भन्ने कम्पनिमा पनि उनी बिमल गौतमले आफ्नै मेनपावर मार्फत आएको भनेर स्वीकारेका थिए ।

 खोए छानबिन भएको ? अझै यस्ता रहस्य कति होलान कति होलान लुकेर रहेका रहस्य हरु ... | म आफु आएको मेनपावर कम्पनि लक्की ओभरसिज जुन २ वटा भएको छ  । उनीहरुको मेनपावर बाटै आउने साउदी फ्युल र गल्फ हेल्थ का सबै जसो घर फर्किने हरु रुदै फर्केको अवस्था हो | अझै म र म जस्ता धेरै बाकी नै छौ | साउदी मै अलपत्र अवस्था मा खोए न्याय पाएको हामीले ? खोई उद्दार गरेको हाम्रो ? के हामीले न्याय पाउन पहुच भएको हुनै पर्छ ? त्यस्तै अर्को एउटा कम्पनीका साथीहरुले मलाई भने हामीहरु नौ जना छौ हामी अलपत्र बसेको १८ महिना बितिसक्यो नेपाल बाट पैसा माग्ने अनि खानको जुहो गरेर बसेको भनेर भन्नु भयो | उहाहरुलाई त नेपाली दुताबासको भनाइ अनुसार नेपाल नै पुगिसक्नु भयो रे तर बास्तबिकता अर्कै पो रहेछ | उहाहरु ९ जना शंकर बि क ( दांग) राहुल राई ( सोलुखुम्बु ) मिथुने राई ( सोलुखुम्बु ) अमर कार्की ( भोजपुर) सेर ब नेपाली (तनहुँ ) सितु सादा( धनुषा) प्रमोद कुमार महरा ( सिराहा) नागेन्द्र मगर ( मोरंग )  अल सोइया भन्ने कम्पनि बाट हुनुहुदो रहेछ |

ब्लु स्काई, ओक्स फ्रोड बाट आउनुभएका उहाहरु जस्तै अरु ७५ जना नेपाली रुदै नेपाल फर्केका छन् के तिनी हरुलाई फसाएका मेनपावर माथि कारबाही गरियो ? किन यस्तो ज्याजति सहनु परिरहेको छ नेपालीहरुले ? नेपाल सरकार को जिम्मेवार निकाए जो निर्विकल्प छ साउदी अरब मा के त्यो पेप्सी मा बिक्ने कुरा साचो हो त ? यदि हैन भने के कति कारणले उनीहरु नेपाल फर्किन समेत पाउदैनन ? गम्भीर भएर सोच्न जरुरि छ | नेपाल सरकारको  यस बिषय प्रति ध्यानआकर्षण होस् |

                                              धन बहादुर वली

                                                  साउदी अरेबिया ( रियाद )

Posted by Butwalonline on 8:13 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "साउदी अरबमा १ बर्ष देखि पिडितले देखेका र झेलेका ब्यथा "

Leave a reply