|

आमा छोरीका आँशु


माथिको यो तस्वीर नियालेर हेर्नुस् । दुवैजना महिला पात्र हुन् । एकजना बुढी आमा, अर्की युवती । दुवैको ज्यानमा कपडाको हालत उस्तै छ । दुवैको आँखामा आँशु पनि छ । तर यो पहिरन र आँशुमा आकाश पातालको फरक छ ।
कास्कीकी यी आमा सेतीको बाढीले बगाएका आफन्तको बिलौनामा आफ्ना लालाबाला सहित रुँदैछिन् । उनको शरीरमा अब बाँकी यही एकसरो कपडा छ । ज्यान देखाउन होइन, नभएर नलगाएकी हुन् उनले ।
सँगैकी अर्की युवतीको जन्मघर चितवन हो । तर उनी सपरिवार विदेश बस्छिन् । उनी पनि रोएकी छिन् । तर उनी कुनै पिर, चिन्ता, पश्चाताप, अभाव र पीडाले होइन खुशीले मन थाम्न नसकेर रोएकी हुन् । मिस नेपाल घोषणा हुने बित्तिकै हर्षले झरेका आँसु हुन् उनका ।
आइतबार साँझ मिस नेपाल घोषणा भएपछि सृष्टी श्रेष्ठले हर्षका आँसु झारिन् । कास्कीकी यी आमाले त्यो भन्दा पहिले नै आँशु झार्न थालेकी थिईन् । सेती नदीमा आएको भीषण बाढीले परिवार र आफन्त गुमाएको पीडाले आमाको आँखामा शनिबार रातिदेनि नै आँखा छचल्किन थाले ।
आइतबार राति सृष्टिले एकछिन आँसु झारिरहँदा समेत आमाको आँशु थामिएको थिएन । मिस नेपाल सृष्टिको हर्षको आँसु एकछिन आयो, उतिखेरै रोकियो । कास्कीकी यी आमाको आँशु अझै थामिएको छैन । कास्कीकी यी आमा हारेर रोइन् । चितवनी यी छोरी जितेर रोइन् । उस्तै बेलाको यो परिवेश । फरक सन्दर्भ, फरक आँशु ।
ओंलाइन खबर बाट

Posted by Butwalonline on 6:31 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आमा छोरीका आँशु"

Leave a reply