|

माओवादीले विश्वासमा धोकादियो सभापति-कोईराला


बिनोद परियार,बुटवल,भाद्र २१-नेपाली कांग्रेसका सभापति सुशील कोईरालाले माओवादीसाग विश्वासको वातावरण बनाउन राष्ट्रिय सहमतिको सरकार अपरिहार्य रहेको बताउनुभएको छ ।राष्ट्रिय सहमतिको सरकार बनेपछि मात्र नयाँ निर्वाचन वा संविधानसभाको पुनस्र्थापनाबारे छलफल गर्न सकिने उहाँले बताउनुभयो ।

पार्टीको प्रशिक्षणका लागि पाल्पा जानेक्रममा आज बुटवलमा भएको कार्यकर्ता भेटघाटमा कांग्रेस सभापति कोईरालाले माओवादीले पटकपटक विश्वासमा धोका दिएकाले कांग्रेसले उसको नियतमाथि अझै शंका गरिरहेको बताउनुभयो ।एमाओवादीका अध्यक्ष प्रचण्डले आफूसागको वार्तामा संविधानसभा पुनस्र्थापनाको प्रस्ताव गरेको उल्लेख गर्दै उहाँले तर आफूले राष्ट्रिय सहमतिको सरकार र त्यसपछि अगाडि बढ्ने बाटोबारे छलफल गर्ने जवाफ दिएको बताउनुभयो । कांग्रेसले प्रजातन्त्रप्रति आश्था राख्ने कसैको पनि शिर निहुराउने काम नगरेकाले उच्च मनोबलका साथ काम गर्न उहाँले कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

मओवादीले सहमतिको नाटक गरेर सर्वसत्तावादी शासन गर्ने कोशिष गरे कांग्रेसले जस्तोसुकै कुर्वानी गरेर भएपनि सफल हुन नदिने कोइरालाको भनाई छ । मुलुकले धेरै प्रदेश धान्न नसक्ने निष्कर्षसहित कांग्रेसले ६ प्रदेशको खाका प्रस्तुत गरेकोमा ओवादीले कांग्रेसलाई संघीयताविरोधीको आरोप लगाएर जनतामाझ झुटो प्रचार गरेकाले उसलाई विश्वास गरिहाल्न सक्ने अवस्था नरहेको कोइरालाले बताउनुभयो ।

कर्यक्रममा बोल्दै कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानका विवादित विषयमा सहमति भएपछि केही समयका लागि संविधानसभा पुनस्र्थापना गर्न सकिने बताउनुभयो । उहाँले फेरि ६ सय १ को संख्यामा चुनाव गर्दा जनतामा राम्रो सन्देश नजाने भएकाले चुनाव गरेपनि कम संख्यामा सहमति गर्नुपर्नेमा जोड दिनुभयो ।कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बिगतमा माओवादीले पटकपटक झुक्याएकाले कांग्रेसले उसको नियतमाथि प्रश्न गरेको उल्लेख गर्दै अब कांग्रेस कसैले झुक्याएर नझुक्किने बताउनुभयो ।

पछिल्लो समय माओवादीसाग भएको वार्ता संकट निकासका लागि सकारात्मक भएको तर यसलाई माओवादीले रणनीतिको रुपमा प्रयाग गर्नेतर्फ भने कांग्रेस सचेत रहेको पौडेलको भनाई छ । उहाँले अरबौंको भ्रष्टाचार गरेर सरकारले जनतामाथि महंगीको भार थोपरेको आरोप लगाउनुभयो । लोकतन्त्रको रक्षाका लागि फेरि कांग्रेस कार्यकर्ता जुट्नुपर्ने बेला आएको पनि पौडेलले बताउनुभयो ।

Posted by Butwalonline on 4:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माओवादीले विश्वासमा धोकादियो सभापति-कोईराला"

Leave a reply