प्रधानमन्त्रीको पुतला दहन गर्ने क्रममा आफ्नै अनुहार डढ्यो
काठमाडौं, भाद्र २१ - कार्यक्रम थियो, पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि विरोधमा प्रधानमन्त्रीको पुतला दहन गर्ने । विरोध प्रदर्शनका लागि बिहीबार बिहानै घण्टाघर नजिकै एमाले निकट विद्यार्थीहरु भेला भएका थिए । विरोध नियन्त्रणबाहिर नजाओस् भन्नका लागि सुरक्षाकर्मी पनि तैनाथै देखिन्थे ।
दुई चार जना विद्यार्थी प्रधानमन्त्री बाबुराम भट्टराईको पुतला बोकेर आए । प्रहरीले खोस्छ कि भन्ने भयमा रहेका विद्यार्थीले साँघुरो घेरा बनाएर पुतला घेरे । एक विद्यार्थीले पेट्रोल छर्के । पेट्रोल सागर धितालको अनुहारमा परेको सलाई बोक्नेलाई थाहै भएन । सलाई कोरेर पुतलमा के झोसेकामात्र थिए, आगो पुतलासँगै धितालको अनुहारमा पनि दन्दन्ती बन्न थाल्यो ।
पुतलामा बालेको आगोले शिखर शाह, रामकिशोर सिंह पनि भेट्यो । विद्यार्थीलाई पुतलामा लागेको आगोमा नारा घन्काउनुभन्दा साथीको जल्न थालेको आगो निभाउने लेठो थपियो ।
अनुहारमा लागेको आगो निभाउन विद्यार्थी फलफूल पसल दगुरे । पसलवालाले अनुहारमा पानी हालिदियो । आगो निभ्यो । आगोले अनुहार डढेका साथीलाई अरु कार्यकर्ताले मोटरसाइकलमा मोडल अस्पताल पुर्याए । चिकित्सकको २४ घण्टे निरीक्षणमा धिताल, शाह र सिंहको उपचार भइरहेको छ ।