श्रीलंकाका राजदुतद्धारा स्थल तिलौराकोटको अबलोकन
कपिलवस्तु, १३ फागुन-नेपालका लागि नब नियुक्त श्रीलंकाका राजदुत एन डब्ल्यु सेनाभिरत्नले आईतवार बुद्ध स्थल तिलौराकोटको अबलोकन गर्नु भएको छ ।उहाले तिलौराकोटका पुर्बी र पश्चिमी द्वार तथा दरबारको मुख्य भग्नाबषेश अबलोकन गर्नु भएको थियो ।
उहाले तिलौराकोट सबैका लागि आस्थाको केन्द्र भएकाले सरकार तत्काल योजना बनाएर बिकासका लागि लाग्नु पर्ने संचारकमीृलाई संक्षिप्त प्रतिक्रया दिनु भयो । राजदुतलाई पुरातात्बिक स्थलबारे लुम्बिनी बिकास कोषका कर्मचारी माधब आचार्यले जानकारी दिनु भएको थियो । त्यस्तै तिलौराकोटमा भईरहेको उत्खनन्बारे उत्खनन परियोजनका संयोजक तथा नेपालका बरिष्ठ पुरातत्बबिद् कोषप्रसाद आचार्यले नेपालका लागि श्रीलंकाका राजदुत सेनाभिरत्नलाई जानकारी दिनु भएको थियो ।
तिलौराकोट राजा शुद्धोदनको राजप्रसाद तथा भागबान गौतम बुद्धले २९ बर्षको युबा अबस्था बिताएको क्रिडा स्थलका रुपमा परिचित छ ।उहाले शान्तिका लागि तिलौराकोट बिश्वकै लागि प्रेरणाको स्रोत भएको बताउनु भयो । यस्तो महत्बपुर्ण स्थलको सबैले मिलेर बिकास गर्नु पर्ने बताउनु भयो । उहाँ दुई महिना अघि नेपाल आएका भएको हो ।