|

गज़ल

तिहार आयो धेरै आँशु,नझार्नु है बहिनी
************
तिहार आयो धेरै आँशु,नझार्नु है बहिनी
दिक्क मानेपनि हिम्मत,नहार्नु है बहिनी


टीका टाला लगाउन,दाजु आउला भन्दै
मखमली फूलको बोट,नसार्नु है बहिनी


रमाइ रमाइ पकाएका मिठाइ,पुरी,सेल
मसलाको पोको पनि, नपार्नु है बहिनी


झिलिमिली बत्तीसँगै,सजाउनु घर सबै
द्यौसी भैलो खेल्नेलाई,नटार्नु है बहिनी


नियतिले खेल खेल्दा,परदेश आइपुगेँ
टाढा भयो भनी माया, नमार्नु है बहिनी


कोमल प्रसाद भट्ट
पुरानो नैकाप ,काठमाडौँ
हाल :-न्युयोर्क,अमेरिका
November 14,2012.

Posted by Butwalonline on 4:58 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

1 comments for "गज़ल "

  1. प्रिय बुटवल अनलाइन !
    गज़ल प्रकाशित गरिदिनुभएकोमा हार्दिक धन्यबाद छ l
    कृपया" सेल" छुटेको हुँदा निम्नानुसार बुझी दिन अनुरोध गर्दछु l
    रमाइ रमाइ पकाएका मिठाइ,पुरी,सेल
    मसलाको पोको पनि,नपार्नु है बहिनी

Leave a reply