हतियार सहीत १३ जना पक्राउ
कपिलवस्तु, १८ कार्तिक-कपिलवस्तुको गणेशपुर गाबिसको गेरुवाजोत जंगलमा शुक्रवार राति हतियार सहीत १३ जना पक्राउ परेका छन् । ज १ ज नम्बरको जीपमा सवार भई अबैधरुपमा शिकार गरी रहेको अवस्थामा प्रहरीले १२ बोरको दुई नाल बन्दुक सहीत उनीहरुलाई पक्रेको हो ।
उनीहरुबाट प्रहरीले सात थान कार्तुस, चक्कु, हाईलोजन लाईट समेत बरामद गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा बिरपुर गाबिस– ६ का असलम, सर्फराज, अलताफ मुसलमान, ईकरार खाँ, खरन्द खाँ, अमारुफ हुसेन, अहमद मुस्तफा, ईसलाम खाँ, राज सिंह खाँ रहेका छन् । यस्तै शिवपुर गाबिस– ६ का मुवारक मुसलमान, ईनन्र मुसलमान, वली मुसलमान तथा पत्थरदेईइाका मोहोम्द साजीद मुसलमान समेत सो घटनामा पक्राउ परेका थिए । पक्राउ परेका सर्फराज तमलोपाका क्षेत्र नम्बर ५ का क्षेत्रीय अध्यक्ष समेत हुन ।
पक्राउ परेकालाई छुटाउनका लागि पुर्व राज्य मन्त्री तथा पुर्व सभासद ईश्वर दयाल मिश्र ईलाका प्रहरी कार्यालय गणेशपुर शुक्रवार राति नै पुगेको प्रहरी स्रोतले जनाएको छ । मिश्राले उनीहरुलाई तत्कालै छोडन तीब्र दवाव दिए पछि प्रहरी राति नै उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पुगाएको थियो । घटनाको अनुसंधान तथा हतियारको लाईसेन्स भए नभएको बारे अनुसंधान भईरहेको प्रहरी उपरिक्षक राजेन्द्र ढकालले बताए । प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेसंग छलफल गरी कारबाही प्रकृया अघी बढाईने उनले जानकारी दिए । उनीहरुमाथी हातहतियार तथा खरखजाना वा वन ऐन अनुसार कारबाही हुन सक्ने कानुन बयवासायी बताउछन् ।
उता पक्राउ परेकाहरुले आफुहरुको बन्दुकको लाईसेनस रहेको दाबी गरेका छन् । पक्राउलाई रिहा गर्नु पर्ने माग गर्दै उनीहरुको आफन्तहरुले कृष्णनगरमा बिहान दुई घण्टा चक्काजाम समेत गरेका थिए ।