|

पाँच किलो चरेश सहीत दुई पक्राउ

कपिलवस्तु, १८ कार्तिक-कपिलवस्तुको कृष्णनगरमा पाँच किलो चरेश सहीत दुई जना शनिवार पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सीमावर्ती क्षेत्र बढनीका बावा बालकदास समेत रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

बालकदासलाई प्रहरीले शिवानगर– १ बढैयामा एक किलो पक्राउ गरेको थियो । उनकैे सुचनका आधारमा प्रहरीले छापा हानेर बिद्यानगर– ९ खैरा स्थित अल्तम खाँको घरबाट चार किलो सहीत खाँलाई पक्रेको थियो । घटनाको अनुसंधान तथा निजहरुसंग बयान लिने कार्य भईरहेको प्रहरी निरीक्षक डम्मर केसीले बताए । उनीहरुमाथी लागु औषध ओसारपोसार ऐन अनुसार कारबाही गरिने उनले जानकारी दिए ।

Posted by Butwalonline on 6:17 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाँच किलो चरेश सहीत दुई पक्राउ"

Leave a reply