|

डा.बाबुराम भट्राई नेतृत्वको सरकार ईतिहासमै असफल तथा कमजोर-पुर्व मन्त्री खाण

लक्ष्मण पोखरेल,बुटवल कार्तिक १८ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री बालकृष्ण खाणले डा.बाबुराम भट्राई नेतृत्वको सरकारको कारण नेपालको राष्ट्रिय राजनीति ईतिहासमै कमजोर भएको बताएका छन । उनले एनेकपा माओवादी नेतृत्वको सरकार ईतिहासमै असफल तथा कमजोर भएको भन्दै भट्राई नेतृत्वको सरकारले नेपालको राष्ट्रियता कमजोर बनाएको बताएका हुन ।

शनिवार नेपाल राष्ट्रिय मगर संघ जिल्ला कार्यसमिति रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन तथा अधिवेसनको उद्घाटन समरोहलाई सम्बोधन गर्दै नेता खाणले भटराई नेतृत्वको सरकारले छिट्टैने सत्ता छाड्नुपर्ने र यति सत्ता नछाडेमा माओवादीको लागि घातक हुने समेत बताएका छन । बर्तमान सरकारले मंसिर ७ गते घोषण गरेको संविधान सभाको चुनाव सम्म पनि सरकार नछाड्ने मनस्थितीमा रहेको भन्दै अहिलेनै उक्त सरकारलाई सत्तामा बस्ने अधिकार नभएको धारणा राखे  ।

उनले भने चुनाव सम्म यो सरकारलाई सत्तामा बस्ने अधिकार छैन ,अहिलेनै सरकारले सत्ता छाडेर सहमतिको लागि मार्ग प्रसस्त्र गर्नुपर्दछ । मंसिर ७ पछी माओवादीले सरकार चलाउन नसक्ने भन्दै नेपाली कांग्रेस बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने धारण राखेका थिए ।

Posted by Butwalonline on 6:05 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "डा.बाबुराम भट्राई नेतृत्वको सरकार ईतिहासमै असफल तथा कमजोर-पुर्व मन्त्री खाण"

Leave a reply