माओवादीको भ्रष्ट आचरणका कारण विकास निर्माण अलपत्र-गोकर्ण विष्ट
गुल्मी, कात्तिक १८ – नेकपा एमालेका नेता गोकर्ण विष्टले एकीकृत माओवादीको भ्रष्ट आचरणका कारण विकास निर्माणका काम अलपत्र परेको आरोप लगाउनुभएको छ । गुल्मीको दर्लामचौरमा भएको सभालाइ सम्बोधन गर्दै पूर्व मन्त्री बिष्टले उपभोक्ता समिति कब्जा गरेर आफ्नो स्वार्थ पुरा गर्ने तर काम नगर्ने एकीकृत माओवादीका कारण विकास निर्माणका काम हुन नसकेको बताउनुभयो ।
बिष्टले माओवादीका भ्रष्ट क्रियाकलाका विरुद्ध खुलेर उत्रिन पनि कार्यकर्तालाइ निर्देशन दिनुभयो । एकीकृत माओवादीका कारण मुलुक अहिले न चुनाव न संविधानको अवस्थामा रहेको भन्दै बिष्टले सहमतिमा नआए माओवादीलाइ जनबलबाट सत्ताच्यूत गर्नु पर्ने बताउनुभयो ।