|

रुरु संस्कृत विद्या पीठ क्याम्पसको तालाबन्दि अझै खुलेन

अशोक गौतम "क्षितिज" बुटवल, कार्तिक १८ - गुल्मी जिल्लाको रुरु संस्कृत विद्या पीठ क्याम्पस रिडीमा नेविसंघले गरेको तालावन्दी आज पनि खुलेको छैन । तालावन्दी खुलाउने विषयमा छलफल गर्नका लागि विहिवार तीन दल एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र एमालेको वैठक वस्ने प्रयास भएता पनि केहीवेरको छलफलपछि काँग्रेसले वैठक वहिष्कार गरेपछि कुनै निष्कर्ष निस्कन नसक्दा ताला खुल्न नसकेको हो । नेपाल विद्यार्थी संघ रुरु इकाई समितिले क्याम्पस प्रमुख मुरली मोहन वास्तोलाले क्याम्पसमा आफु खुशी विज्ञापन विना नै सुव्वा र खरदार सरहका दुई कर्मचारी नियुक्ती गरेको भन्दै त्यसको विरोधमा क्याम्पसमा तालावन्दी गरेको संघले जनाएको छ ।

Posted by Butwalonline on 5:16 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रुरु संस्कृत विद्या पीठ क्याम्पसको तालाबन्दि अझै खुलेन"

Leave a reply