|

स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने

अशोक गौतम "क्षितिज" बुटवल, कार्तिक १८ । स्वतन्त्र पत्रकार संघ रुपन्देहीले आउदो मंसिर १६ गते बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । संघको शनिबार बसेको नियमित बैठकले मंसिरमा सो कार्यक्रम गर्ने निर्णय गरेको हो ।

संघले वृद्ध वृद्धाहरुको सहयोगार्थ बुटवलमा वृहत सांस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको जनाइएको छ । संघका उपाध्यक्ष गोविन्द बस्नेतको अध्यक्षता, केन्द्रीय पार्षद राजेन्द्र रायमाझीको विशिष्ठ आतिथ्यतामा बसेको बैठकमा कोषाध्यक्ष कल्पना पाण्डे, सदस्यहरु वीरेन्द्र पाण्डे, सावि अर्याल, बाबुराम भुसाल, दिनेस श्रेष्ठ, विदुर घिमिरे, उमा खनाल, अनिल भुसाल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव अशोक गौतमले गरेका थिए । संघले कास्की, स्याङजा, तनहु,गोर्खा, चितवन, नवलपरासी, रुपन्देही लगायत आठ वटा जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

Posted by Butwalonline on 5:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने"

Leave a reply