खेम थापाको आधुनिक गिति एल्बम पूर्णिमाको विमोचन
बिनोद परियार,रुपन्देही,१८ कत्तिक । रुपन्देहीका कलाकार खेम थापाको आधुनिक गिति एल्बम पूर्णिमाको शनिबार बुटवलमा विमोचन गरिएको छ ।
साहित्यकार डा.घनश्याम न्यौपाने परिश्रमिले एक समारोहकाविच विमोचन गरेका हुन । रुपन्देही देवदह शितलनगर निवासि थापाको यो पहिलो गिति एल्बम हो । सौगात सायर,शुशिल श्रेष्ठ लगायतको संगित रहेको पूर्णिमा एल्बममा ५ वटा गित रहेको छ । विमोचन समारोहमा बोल्दै गायक थापाले सबैको साथ रहेमा सागितिक क्षेत्रमा नया आयाम थप्ने बताए । सो अवसरमा बोल्दै साहित्यकार घनश्याम न्यौपाने,गायक एंव संगितकार सौगात सायर,सुरेश सेन्च्यूरी,शुशिल श्रेष्ठ,निर्मल ढुङगानाले थापाको प्रयास प्रशशनिय रहेको बताएका थिए ।
