बुटवल क्याम्पसमा अब व्यवस्थापन संकाय
बुटवल, २८ असोज – बुटवल बहुमुखी क्याम्पसले यसै शैक्षिक सत्रदेखि व्यवस्थापन संकाय अन्तर्गतको स्नातक तह बीबीएसको पठनपाठन सुरु गर्ने भएको छ । क्याम्पसले शैक्षिक सत्र २०६८÷६९ अर्थात यसै वर्षदेखि पठनपाठन सुरु गर्ने गरी त्रिभुवन विश्व विद्यालयबाट स्वीकृति पाइसकेको बताएको छ ।
पछिल्लो समयका विद्यार्थीहरूको आर्कषणको विषय बन्दै गइरहेको व्यवस्थापन संकाय अध्ययन गर्नको लागि विद्यार्थीहरूले यस क्षेत्रका निजी तथा सामुदायिक क्याम्पसहरूमा चर्काे शुल्क तिरेर भर्ना भइरहेका थिए । क्याम्पसमा अध्ययनको लागि भर्ना खुला गरि सकिएको क्याम्पसले जनाएको छ ।शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी व्यवस्थापन संकायको अध्ययनका लागि भर्ना तथा शिक्षण शुल्क के कति लाग्ने भन्ने विषयमा अहिले नै निर्णय नगरिए पनि अन्य निजी तथा सामुदायिक विद्यालयहरूको तुलनामा शुल्क निकै सस्तो तथा सुलभ रहने क्याम्पसले बताएको छ । क्याम्पसले आगामी शैक्षिक सत्रमा इन्जिनियरिङ, बीबीए, एमफिल लगायतका कार्यक्रमहरू पनि थप्दै लैजाने योजना बनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै क्याम्पस प्रमुख शिव ज्ञवालीले शैक्षिक सत्र २०७२÷७३ सम्ममा क्याम्पसमा एमफिल कार्यक्रम संचालन गरिने योजना रहेको बताए ।
स्रोत :दैपस
