|

पाल्पा—नवलपरासी जोड्ने पुल बन्ने

रामपुर (पाल्पा), २८ असोज –पाल्पा जिल्लाको मित्याल र नवलपरासी जिल्लाको राकाँचुली गा.वि.स.जोड्ने गरी रुङ्गिसघाटमा बन्ने झलुङ्गे पुल बन्ने भएको छ ।
जिल्लाको पहाडी क्षेत्रमा बन्ने पुलको एक कार्यक्रमका बिच नेकपा एमाले पाल्पा जिल्ला कमिटी अध्यक्ष यादव बहादुर रायमाझीले शिलान्यास गरे । पुल शिलान्यास गर्दै प्रमुख अतिथि अध्यक्ष रायमाझीले पहाडी भेगका जनताले फलाएका तरकारी तथा फलफूलले पुल बनेपछि जुनसुकै समयमा पनि बजार पाउने बताए ।
जिल्ला विकास समिति पाल्पाद्वारा निर्माण हुने पुल शिलान्यास कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष नारायण आचार्य, नेपाली कांग्रेस मित्याल गाउँ कार्यसमिति सभापति तास बहादुर कालुङ्ग, एमाले जिल्ला सदस्य लेखनाथ पोखरेल, गाविस सचिव काशीराम अधिकारी, इन्द्रेणी समाज केन्द्र झिरुबासका तेज मश्राङ्गी लगायतले बोल्दै पुलको आवश्यकता र पु¥याउने सेवाबारे बोलेका थिए ।
पाल्पाको पूर्वी दक्षिणी पहाडी र नवलपरासी जिल्लाको उत्तर पहाडी गाविस जोड्ने अरुणखोलामा निर्माण हुने पुलका लागि झलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको ११ लाख ३३ हजार ६० रुपैयाँ, जिविस पाल्पाको ६७ हजार १ सय ९१ रुपैयाँ, मित्याल गाविसको ५५ हजार ४ सय ८५ रुपैयाँ, टेलब्रिज सर्पोट युनिटको ३ लाख ५७ हजार २ सय ६८ रुपैयाँ, जापानिज नागरिक काजुमासा काकिमी ओकेबाजेको ३ लाख ७० हजार १ सय १० रुपैयाँ र जनश्रमदानको ३९ हजार १ सय रुपैयाँ गरी जम्मा २० लाख,२२ हजार, २ सय, १६ रुपैयाँको लागतमा निर्माण हुने भएको हो । पाल्पाको मित्याल गाविस ढाक्रेदमार र नवलपरासीको राँकाचुली गाविसलाई जोड्ने पुलको लम्बाई ७८ मिटर रहेको छ । पुल उपभोक्ता समितिका अध्यक्ष तर्क बहादुर राईको अध्यक्षतामा भएको पुल शिलान्यास कार्यक्रममा सदस्य मन प्रसाद सोतीले स्वागत गरेका थिए ।
कार्यक्रममा पाल्पा र नवलपरासी जिल्लाका सयौं नागरिको घुइँचो लागेको थियो । सबै मगर समुदायको बस्ती रहेको मित्यालमा भएको कार्यक्रममा क्लबले मगरी लोकसंस्कृति झल्किने कौरा नाच प्रस्तुत गरेको थियो ।
स्रोत :दैपस

Posted by Butwalonline on 6:06 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पा—नवलपरासी जोड्ने पुल बन्ने"

Leave a reply