शुद्धोधन र मायादेवीको समाधी स्थल ओझेलमा
किरणमान बज्राचार्य
कपिलवस्तु , २८ असोज । कपिलवस्तुको तिलौराकोट नजिकै रहेको भगवान गौतमबुद्धका पिता राजा शुद्धोधन र माता मायादेवीको समाधी स्थल ओझेलमा पर्दै गएको छ । सम्बन्धित निकायको बेवास्ता तथाप्रचार प्रसार अभावका कारण बुद्धका पिता र माताको समाधी स्थलका रूपमा रहेको सो स्ुतप ओझेलमा पर्दै गएको हो ।
लुम्बिनी विकास कोषले विनायोजना तिलौराकोट दरबार क्षेत्र मात्र पर्खालले घेरेपछि ती दुबै स्तुप पर्यटकीय तथा पुरातात्विक महत्वको क्षेत्रबाट टाढिंदै गएको छ। तिलौराकोटबाट ४ सय मिटर नजिकै रहेको उक्त स्तुपा महत्वपूर्ण भए पनि कसैले चासो नदिंदा पर्यटक समेत त्यहा जादैनन् । तिलौराकोट भित्रैबाट जान सकिने मूल गेट बन्द गरिएपछि तिलौराकोट बाहिर निस्किई घुमेर लामो बाटो हिंडेर जानु पर्दा पर्यटक बिचबाटै फर्कने गरेका छन् ।
तिलौराकोट भित्रबाट ४ सय मिटरमा पुग्न सकिने धमनिहबा स्तुप जान अहिले एक किमी भन्दा बढी हिडनु पर्ने भएको छ । यो स्थलको बिकासको लागि कुनै निकायले चासो नदिदा यो स्थलको धेरै बुद्धमार्गीलाई थाहा नभएको स्थानीयबासी सुदीप पौडेलको भनाइ छ । ‘यसको विकासको लागि कहिबाट पहल भएको छैन र नत यस्को प्रचारप्रसार गरिएको छ, त्यसैले धेरैलाई यो स्थलबारे थाहा नै छैन’, उनले भने । अहिले यो स्थलमा झारपात उम्रिएर निकै फोहर भएको छ । वर्षौंदेखि यसको न त सरसफाई गरिएको छ न मर्मतसंभार नै गरिएको छ त्यसैले ट्वीन स्तुपा दयनीय अवस्थामा पुगको स्थानीयवासीले बताए ।
मोटर जाने राम्रो बाटो पनि छैन, त्यसमाथि धेरै हिंडनु परिरहेकाले ९० प्रतिशत बढी पर्यटकहरू धमनिहबा स्तुप नपुगी फर्किरहेका छन् । तिलौराकोट पछिको अर्को महत्वपूर्ण स्थल धमनिहबा हो । यहा राजा शुद्धोदन र महारानी यशोधराको समाधी स्थल रहेका छ । ईटाले बनाइएको राजा शुद्धोदनको ठूलो र त्यसैको उत्तर सटेर बनाइएको सानो मायादेबीको स्तुप रहेको छ । ईसापूर्व पहिलो शताब्दीमा निर्मित तथा ईसा पूर्व दास्रो– पहिलो शताब्दीसम्म तीन पटक पुर्नः निर्मित ठुलो स्तुपको ब्यास ५२ फुट र उचार साढे सात फीट छ । ब्यास २६ फीट रहेको सानो स्तुप दास्रो– पहिलो शताब्दी अगावै नै निर्माण भएको थियो ।
१८५ श्रीलंकन बौद्ध तिर्थयात्री र भिक्षु लिएर लुम्बिनीबाट आएका महाबोधी सोसाईटी अफ ईण्डिया, महामाया बिश्व शान्ती बुद्ध बिहार लुम्बिनी सेण्टर प्रमुख भिक्षु बानारतन तेरोले नजिकबाट पुग्ने बाटो बन्द हुदा धमनिहबा स्पुत जान नसकेको बताए । ५०–६० बर्षे बुढाबुढी पनि छन्, उनीहरू धेरै हिडन नसक्ने हुदा धमनिहबामा लग्न नसकी त्यसै फर्केर लैजानु परेको दुःखेसो पनि भिक्षु तेरोले पोखे । यो समस्यको समाधान गरिएन भने धेरै पर्यटकहरू त्यसै फर्किउर जाने पनि उनले बताए ।
बुद्ध स्थल तिर्थाटन गर्न आउने पर्यटकहरू धमनिहबा नपुग्दा उनीहरूको तिर्थथात्रा अधुरो हुन्छ, त्यसैले हजारौं माईल दुरी तय गरेर आउने तिर्थथात्री र पर्यटकहरू धमनिहबा नगई त्यसै फर्किनु परिरहेको छ भन्छन् अन्तराष्टिय बौद्ध समाज, लुम्बिनीका संस्थापक भिक्षु मैत्री । पर्यटकहरूलाई धमनिहबा जान परिरहेको समास्याबारे लुम्बिनी बिकास कोषलाई जानकारी गराएको भए पनि कुनै सुनबाई नभएको तिलौराकोट सुरक्षार्थ खटिएका एक प्रहरीले बताए ।

साभार :दैपस