|

पिउने पानी सफा राख्ने उपाय


हाम्रो शरीरको कुल भागको दुई तिहाई भाग पानीले ओगटेको हुन्छ । पानीको अभावमा हाम्रा अङ्गहरू निष्त्रिmय हुन्छन् भने ८० प्रतिशत रोग प्रदूषित पानीकै कारणले लाग्छ । पानी मुहानबाट हाम्रो मुखसम्म आइपुग्दा विविध कारणले प्रदूषित बन्छ । नेपालमा झाडापखाला, आउँ, हैजा र टाइफाइड आदि रोगले बर्सेनि धेरै मानिस अकालमै मर्छन् । दूषित पानीकै कारण हेपाटाइटिसजस्तो जघन्य रोग लाग्छ । यसकारण कीटाणुरहित पानी पिउनुपर्छ । सफा पानी पर्याप्त पिउनाले शरीर निरोगी हुनुका साथै अनुहारमा चमक देखिन्छ ।

सफा पानी पिउनुपर्छ भन्ने जनचेतना ल्याउने हो भने पानीबाट सर्ने कतिपय रोगबाट सजिलै बच्न सकिन्छ । पानीको स्रोतबाट ल्याएको पानी पिउनु पहिले क्लोरनि सोलुसनद्वारा जीवाणुरहित तुल्याउनुपर्छ । उमालेर पिउँदा पानीजन्य रोगको महामारीबाट सुरक्षित रहन सकिन्छ । सन् १९९९ को मार्च १५ तारखिका दिन स्वीट्जरल्यान्डको जेनेभा सहरमा अमेरकिा, बंगलादेश, बोलिभिया, स्वीट्जरल्यान्ड, भारत, बेलायत, नेदरल्यान्ड, दक्षिण अपि|mका, इथियोपिया, कोलम्बिया, इन्डोनेसिया र आइभरी कोस्टका वैज्ञानिकहरू मिलेर पानी दूषित हुने मुख्य कारण ब्याक्टेरयिा हो भन्ने निष्कर्ष निकालेका थिए । सौर्यशक्तिको विकिरणबाट पानीलाई सजिलै पिउन योग्य बनाउन सकिन्छ । उक्त सम्मेलनमा ब्याक्टेरयिा मारी पानी सफा राख्ने यो नै सजिलो र सस्तो विकल्प मानिएको थियो । आवश्यकताअनुसार पानी सिसाको भाँडो वा मिनरल वाटरको बोतलमा टन्न भरेर बिर्को बन्द गरी ४ देखि ५ घन्टासम्म घाममा राख्नुपर्छ । त्यसपछि पानीमा भएका ब्याक्टेरयिा मर्छन् र पानी पिउन योग्य हुन्छ । सौर्यशक्तिको प्रयोग गरी पानीलाई ब्याक्टेरयिारहित बनाउादा पानीको स्वाद तथा रंगमा कुनै परविर्तन आउँदैन ।

पिउने पानी प्रदूषणको समस्यालाई आम जनताले मात्र नभै सरकारी क्षेत्रले समेत गम्भीरतापूर्वक लिनुपर्छ । गरबिीका कारण अधिकांश नेपाली खोलानाला एवं मुहानबाट सोझै पानी पिउन बाध्य छन् । स्थान र धरातलअनुसार पानी कडा र नरम गरी दुई प्रकारको हुन्छ । कडा पानीले दाँत, हड्डी र रक्तनलीलाई असर गर्छ । यस प्रकारको पानी पेयपदार्थका फ्याक्ट्रीमा प्रयोग गरन्िछ । पानीको कडापन हटाउन त्यसलाई उमाल्नुपर्छ अन्यथा लुगा धुँदा फिँज आउँदैन र पहिरनको चमक पनि घट्छ । पानीको कपडापन हटाउन लुगा धुने

साबुन तथा सर्फमा सोडियम कार्बोनेट एवं जियोलाइट प्रयोग गरएिको हुन्छ ।
साभार :नारी साप्ताहिक 

Posted by Butwalonline on 1:53 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पिउने पानी सफा राख्ने उपाय"

Leave a reply