बस टिकट काउण्टरमा सकेट बम
दाङ, आश्विन ३० - दाङको तुलसीपुरस्थित राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिको टिकट काउण्टरमा सकेट बम फेला परेको छ ।
राति १२ वजेतिर फेला परेको बम नेपाली सेनाको १९ नं. बाहिनीबाट गएको बम डिस्पोजल टोलीले आज विहान निश्त्रिmय पारेको छ । माओवादी कम्युनिष्ट केन्द्र (एमसीसी) नेपालले समितिसँग बिभिन्न मागहरुसहित बम राखेको जनाएको छ । केन्द्रका पश्चिम कमाण्ड इञ्चार्ज बिराटले बिद्यार्थी, बृद्ध, अपांगलाई भाडामा छुट नदिएको, मनपरी तरिकाले सवारी साधन चलाइरहेको जस्ता मागहरु पूरा नभएका कारण चेतावनीस्वरुप बम राखेको जानकारी दिनुभएको छ । उता यातायात समितिका अध्यक्ष जितेन्द्रबहादुर शाहले भाडामा अपांगलाई पूरै र बिद्यार्थीलाई ४५ प्रतिशत छुट दिइरहेको दावी गरेका छन् ।
स्रोत :कान्तिपुर न्युज