|

सभ्य तिहार बनाउन रुपन्देहीमा प्रहरी अभियान

'अटेर गरे कडा  कारबाही’

विनोद परियार,रूपन्देही,३० असोज । आउदै गरेको तिहारलाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सुरक्षा ब्यवस्थालाई थप कडा पारेको छ । दसैंमा भन्दा तिहारमा गलत क्रियाकलाप बढि हुने भएकाले सुरक्षा ब्यवस्थालाई थप कडा पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।तिहारमा जथाभावी पटकाजन्य पदार्थ पड्काउने,होहल्ला गर्ने, देउसीभैलोको नाममा जवरजस्ती रकम असुल्ने जस्ता गलत क्रियाकलाप रोक्न दसैं लगतै प्रहरीले ‘तिहार बिशेष सुरक्षा’ शुरु गरेको हो । तिहारको वेला बुटवल र भैरहवामा जथाभावि रुपमा पटकाजन्य पदार्थहरु पड्काउनेक्रम तिव्र हुने भएकाले यसपालि प्रहरीले चाडै नै तिहार सुरक्षा शुरु गरेको बताएको छ ।

रुपन्देहीका मुख्य शहर सहति ग्रामिणभेगमा तिहारको बेला जुवाखेल्ने प्रचलन निकै रहेकाले यसलाई समेत नियन्त्रण गर्न प्रहरी गस्ति बढाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव निरीक्षक भोजजङ शाहले जानकारी दिए । उनका अनुसार भारतबाट सिमा नाका हुदै अवैद्यरुपमा पटकाजन्य पदार्थहरु भित्रिने भएकाले सिमामा निगरानी बढाईएको छ । यस्तै पटका र भूईचम्पाको नाममा सुतलीबम लगायतका विष्फोटक पदार्थ भित्रन सकक्ने भएकाले सिमा क्षेत्रमा चेकजाच बढाईएको छ । प्रहरीले विष्फोटाक पदार्थ नियन्त्रणका लागि सिमा क्षेत्रमा कमाण्डपोष्ट खडा गरिएको जनाएको छ । प्रवत्ता शाहका अनुसार जिलमा ३० स्थानमा पिकेट,२४ स्थानमा मोवाईल गस्ती, बुटवल र भैर्हवामा स्ट्राईकीङ,साईकल,रिजव गस्ती पपिरचालन गरिने छ । गत बर्ष रुपन्देहीका बुटवल र भैरहवा तथा ग्रामिणभेगमा जुवाको खालनै भेटिएको थियो ।

प्रहरीले पहिलो चरण अन्तर्गत नागरिक सचेतनाको कार्यक्रम संचालन गरेको छ । ‘यमपञ्चक शुरु भएलगत्तै पटका पड्काउने तथा जुवा खेल्नेक्रम बढ्ने भएकाले यो समयमा प्रहरीको गस्ति र चेकजाचलाई थप कडाई गरिने छ’ प्रवत्ता शाहले भने ।

प्रहरीले पटकाले समाजमा होहल्लाका साथै मानविय क्षति समेत गराउने हुनाले पटकाहरुको प्रयोग नगर्न अपिल गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले जुवा र पटका पडकाएर समाजमा नकरात्मक असर पुर्‍याउने कार्य गर्नेलाई कारवाहि गर्ने जनाएको छ । ईलाका प्रहरी कार्यालय बुटवलमा अनुसार पहिलोचरणमा ‘पब्लिक अवारनेस’को कार्यक्रम शुरु गरिएको र त्यसलगतै टोलटोलमा प्रहरीको गस्तिलाई बढाईने छ । रुपन्देहीको बुटवल , भैरहवासहित ग्रामिण ईलाका देवदह,मणिग्राम,मुर्गिया, सौफर्साटिकर,मोतीपुर,मर्चवार क्षेत्र लागयतका स्थानमा पनि प्रहरी सक्रियतालाई तिव्रता दिईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले आफुहरुको आग्रह विपरित समाजमा गलत क्रियाकलाप गरेको खण्डमा पक्राउ गरि थुनामा समेत राख्ने चेतावनि दिएको छ ।
 

Posted by Butwalonline on 3:12 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सभ्य तिहार बनाउन रुपन्देहीमा प्रहरी अभियान"

Leave a reply