|

अवैध काठ नियन्त्रणमा

मुक्तिप्रसाद न्यौपाने
पाल्पा, ३० असोज
पश्चिम पाल्पा र रुपन्देहीको सीमानामा पर्ने पाल्पाको बल्ढेङगढी गाविसको पाखापानी सामुदायिक वन नजिक काटिएको सालको रुख जिल्ला वन कार्यालय पाल्पाले नियन्त्रणमा लिएको छ ।
स्थानीय बासिन्दा एवं नेपाल प्रहरीका पूर्व हवल्दार सन्त बहादुर जिसीले घर बनाउने बहानामा सार्वजनीक जंगलबाट अवैध रुपमा रुख कटान गरेका थिए । जिसीको त्यस स्थानमा एक रोपनी मात्र जमीन भएको बााकी ५ रोपनी वन क्षेत्र अतिक्रमण गरी बसेको र हाल अतिक्रमित क्षेत्रबाट एक्काइस वटा रुख काटेका हुन् । उनले १७ वटा सालका रुख, ५ वटा क्रमाका रुख काटेका थिए । जिल्ला वन कार्यालयले अतिक्रमित क्षेत्रमा अवैध रुपमा कटानी गरिएको भ्न्दै काटिएको काठ नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालयका प्रमुख रामबाबु पौडेलले बताए । स्थानीय बासिदाका अनुसार सो क्षेत्रमा सार्वजनीक जंगल अतिक्रमण गरि २ दर्जनभन्दा बढी घर निर्माण भैसकेकाछन् ।
वन अधिकृत पौडेल वन क्षेत्र अतिक्रमणमा परेको र त्यसलाई आफुले नियन्त्रण गर्न नसकेको स्विकार गर्दछन् । त्यस क्षेत्रमा वन कार्यालयका कर्मचारी र प्राविधीकहरुको संलग्नतामा र स्थानीय उपभोक्ता समूहका सदस्यहरुको सहभागितामा व्यापक रुपमा वन फडानी ह’ादै आएको छ ।
जिसीले २०५७ सालमा सो क्षेत्र नाप नक्साका लागि कानुनी प्रक्रिया पुरा गरेको बताउाछन् । तर उनले आवश्यक कागज प्रमाण जुटाउन नसक्दा काटिएको काठ जिल्ला वन कार्यालयलले नियन्त्रणमा लिएको बताएको छ ।

Posted by Butwalonline on 3:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अवैध काठ नियन्त्रणमा"

Leave a reply