5:41 PM | Posted by Butwalonline
सहकारीमा ६ करोड ३८ लाख आयव्यव प्रस्तुत
 |
| फोटो:मुक्तिप्रसाद न्यौपाने /बुटवल अनलाइन |
मुक्तिप्रसाद न्यौपाने,असोज २९, पाल्पा |श्रीनगर बहुउद्देश्य सहकारी संस्था तानसेनको ११ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा आर्थिक वर्ष २०६७/०६८ मा ६ करोड ३८ लाख बराबरको आर्थिक कारोबार भएको सहकारीका कोषाध्यक्ष वेदराम श्रीसले आयव्यय विवरण प्रस्तुत गरेका थिए । साधारण सभामा बोल्दै वयोवृद्ध समाजसेवी भूयुमान लिगलले सहकारीले साना पुाजी संकलन गरेर साहुको चर्को व्याजबाट बचाएको बताए । गरीब, निमुखा जनतालाई एकत्रित गर्दै लगानीलाई बृहत बनाउनुपर्ने कुरामा उनको जोड थियो ।
कार्यक्रममा बोल्दै उद्योग वाणीज्य संघ पाल्पाका उपाध्यक्ष राजु महर्जनले सहकारमाी साना पुाजी शुरु गरिने रकमले ठूलै प्रभाव पारेको बताए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सरकारले सहकारीलाई अझ प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा श्रीनगर सहकारीका उत्कृष्ट बचतकर्ता दुर्गादेवी बराल, रविसरा आले, पार्वती बस्याल र उत्कृष्ट ऋणि हुमराज बस्याल, अर्जुन केसी र युवराज रेग्मीलाई पुरस्कृत पनि गरेको थियो ।
साधारण सभाले आयव्यय, खर्च अनुमोदन गर्नुका साथै लेखापरीक्षक नियुक्ति पनि गरेको छ ।
सम्बन्धित शीर्षकहरु: News,
Photo Gallery

Posted by Butwalonline
on 5:41 PM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response