|

थप ६ गाबिससमा २१ हजार बढी कीट नाशकयुक्र झुल बितरण गरिने

कपिलवस्तु, १३ माघ-नेपाल रेडक्रस सोसायटी कपिलवस्तु शाखाले यस बर्ष थप ६ गाबिसमा २१ हजार बढी कीट नाशकयुक्त झुल बितरण गर्ने भएको छ । स्वास्थ्य सेवा बिभागको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोग तथा पि.एस.आई. साझेदरी संस्था मार्फत रेडक्रसले सो झुल बितरणको तयारी गरेका हो ।

औलो प्रभावित ३१ एस.एस. एफ. कार्यक्रम अन्र्तगत सो झुल निःशुल्क बाड्न लागिएको हो । तिर्तिखी, राजपुर, बाँसखोर, कुसाहवा, शिहाखोर र बसन्तपुर गाबिसमा २१ हजार ६४६ वटा झुल बितरण गर्ने शाखा  सभापति केशव सिंहले जानकारी दिनु भयो । जसमध्ये दुई हजार ८३ जना गर्भवति महिला समेत समाबेश रहेका छन् ।

औलो प्रभावित गाबिसमा गत बर्ष देखि जिल्लामा निः शूल झुल बितरण कार्य शुरु भएको थियो । गत बर्ष शाखाले जिल्लाका ११ गाबिस र सुरक्षा क्याम्पमा गरी ६० हजार बढी झुल बितरण गरेको बताईएको छ । स्वास्थय काार्यलयले गरेको सिफरिसका आधारमा सो गाबिसमा झुल बितरण गर्न लागिएको हो ।

झुल लामखुट्टे लगायत अन्य कीरको टोकाईबाट बच्नका ला िअति प्रभावकारी रहेको सिंहले बताउनु भयो । घामबाट जोगाए झुलले २० बर्ष सम्म काम गर्ने बताईएको छ ।

Posted by Butwalonline on 4:00 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "थप ६ गाबिससमा २१ हजार बढी कीट नाशकयुक्र झुल बितरण गरिने"

Leave a reply