|

अध्यक्षमा श्रेष्ठ निर्वाचित

हेमराज भट्ट,नेपालगन्ज-नेपाल उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्ण प्रशाद श्रेष्ठ बिजयी भएका छन् । अध्यक्ष पदका लागि श्रेष्ठ, नन्दलाल बैश्य र सतिस कुमार अग्रवाल चुनावी मैदानमा उत्रीएका थिए । निकै प्रतिष्पर्धात्मक चुनावमा कृष्ण प्रशाद श्रेष्ठका निकटतम प्रतिद्धन्दी नन्दलाल बैश्य लाई ४ मतले पछि पार्दै बिजयी भएका हुन । झिनो मत अन्तरले बिजयी भए पछि बैश्य प्यानलले गणना प्रकृयामा असहमती जनाएपछि पुनः मत गणना शुरु गरिएको निर्वाचन समिति श्रोतले जनाएको छ ।

यसैगरी संघको उापध्यक्षमा समाबेसी प्यानलका कपील अधिकारी र अब्दुवलाहिद मन्सुरी बिजयी भएका छन् । सदस्यहरुमा क्रमस दुर्गा प्रशाद भण्डारी, बिष्णु लामिछाने, रोहित टण्डन, शंकर थापा, हरिश चन्द्र श्रेष्ठ, सन्तोस कुमार कनौडीया, सन्जय थापा, रचना श्रेष्ठ, तारा खत्री, प्रदिप कुमार गुप्त, आदेश अग्रवाल, बिष्णु प्रशाद गौतम बिजयी भएका छन् ।

Posted by Unknown on 7:19 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अध्यक्षमा श्रेष्ठ निर्वाचित"

Leave a reply