|

युवा नीतिको अनुगमन तालिम सम्पन्न


मुक्तिप्रसाद न्यौपाने, चैत्र १२ -  पाल्पा नपाल युवा संस्था संजाल आयोनको सहयोग तथा युथ एक्सन नेपाल र श्री कृष्ण गण्डकी युवा क्लव हुंगी को संयुक्त आयोजनामा दुई दिने अनुमन तालिम तथा अन्तक्रिया तानसेनमा सम्पन्न भएको छ ।

कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी टिकारामा घिमिरे ले युवा को संरक्षण र विकासका लागि राज्यवाट युवा नीति आएको छ । यो नीति आफैमा युवाको पक्षमा रहेको वताउदै यसको प्रभावकारी कार्यान्वयनका लागि सवैपक्षको सहकार्यमा कार्यक्रम निर्माण गरि स्थानीय स्तर सम्म लैजानु पर्ने वताउनु भयो । कार्यक्रममा राज्यले युवाको संरक्षण र विकासका लागि विभिन्न नीति तथा कार्ययोजना निर्माण गरेपनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि कार्यक्रम निर्धारण गर्न नसकेको बताइएको छ ।

राष्ट्र निर्माणमा युवा भुमिका विकास गर्ने उदेश्यका साथ २०६६ माघ मा नेपाल सरकारले ल्याएको युवा नीति ले समेटेका १७ कार्यनीतिमा रहेर जिल्ला स्तरमा सरोकारवाला निकायले गरेका गतिवीधिका वारेमा स्थानीय निकाय तथा सरकारी सेवा प्रदायक कार्यालयका प्रतिनिधिहरु ले जानकारी गराएका थिए ।
बैठकमा विकास र परिर्वतन लाई बोक्ने युवा राज्यको कार्यक्रम वाटै पछाडी रहेको र शब्दमा मात्र युवा लाई सिमित गरिएको राजनितिक दलका भात्तृसंगठनका युवाहरु ले वताए । युवाको नाममा खेलकुद सामग्री वितरण गरेर युवाको क्षमता विकास तथा सीपमुलक  कुरा ओझेलमा पारेको युवाहरुले वताए ।

जिल्लामा क्रियाशिल सामाजिक संस्थाका प्रतिनिधिहरु ले युवाको विषयमा धेरै गतिविधि संचालन भएको र यसको दिगोपना र निरन्तरताका लागि स्थानीय निकाय संगको सहकार्यता अनिवार्य रहेको युथ एक्सन नेपाल पाल्पाका संयोजक कृष्ण कार्की ले वताए । सहर्काय को वातावरण नभएकै युवा कार्यक्रम ओझेलमा परेको संयोजक कार्की ले वताए ।श्री कृष्ण गण्डकी युवा क्लव का अध्यक्ष नारायण ठुम्रे को अध्यक्षता संचालन भएको बैठकमा नेपाल युवा संस्था संजाल आयोनका केन्द्रिय सदस्य तिलोतम पौडेल ले सहजिकरण गर्नुभएको थियो ।








Posted by Butwalonline on 8:17 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युवा नीतिको अनुगमन तालिम सम्पन्न"

Leave a reply