ज्वाइँको कुटपिटबाट जेठानको मृत्यु
नवलपरासी,चैत
१२-गैंडाकोट गाविस ७ गैरीमा ज्वाइँको कुटपिटबाट जेठानको मृत्यु भएको छ ।
घरायासी विवादपछि गैंडाकोट-७ गैरीका २२ वर्षीय ज्वाइँ देव सुनार र उनका भाइ १६ वर्षीय रोमन सुनारको कुटपिटबाट जेठान २४ वषर्ीय तारा विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । कुटपिटमा संलग्न देव र रोमनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुवाको मृत्युपछि देव र रोमन आˆनै घरमा किरिया बसिरहेका थिए । ससुरा बितेको खबरपछि क्रिया बस्न आएकी देवकी जेठी पत्नीसँग विवादपछि घटना घटेको स्थानीयले बताए।
विवादपछि भएको झडपमा घाइते भएका जेठी पत्नीका दाजु ताराको उपचारका क्रममा भरतपुर मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । शव भरतपुर अस्पतालमै राखिएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको गैंडाकोट प्रहरीले जनाएको छ । पक्राउ परेका रोमन एसएलसी परीक्षाका परीक्षार्थी हुन् । उनी आइतबारको परीक्षा दिनबाट वञ्चित भएका छन् । बाँकी परीक्षा पनि दिन पाउने या नपाउने निश्चित नभएको प्रहरीले जनाएको छ ।
समाचार ओनलाइन खबरबाट