|

एसएलसी परीक्षा दिइरहेकी १७ वर्षीया छात्रामाथि सामूहिक बलात्कार

डडेलधुरा, चैत्र १२ - बैतडीको पाटन परीक्षा केन्द्रमा एसएलसी परीक्षा दिइरहेकी १७ वर्षीया एक छात्रा बिहीबार राति सामूहिक बलात्कारमा परेकी छन् । परीक्षा दिन दिदीको घरमा बसेकी छात्रालाई पाटनमा व्यवसाय गरी बस्ने दुई युवकले उनी सुतेकै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । 'प्रारम्भिक अनुसन्धान र युवतीका आफन्तले दिएको किटानी जाहेरीअनुसार युवतीको सामूहिक बलात्कारको आशंका छ,' बैतडीका प्रहरी नायब उपरीक्षक विष्णुबहादुर कार्कीले भने । प्रहरीले किटानी जाहेरीका आधारमा बैतडीको पाटनका चाँदनी फोटो स्टुडियो सञ्चालक अमर अवस्थी र जगन्नाथ पुस्तक पसलका सञ्चालक सागर भट्टलाई पक्राउ गरेको छ ।
स्रोत :कान्तिपुर दैनिक 

Posted by Butwalonline on 7:43 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एसएलसी परीक्षा दिइरहेकी १७ वर्षीया छात्रामाथि सामूहिक बलात्कार"

Leave a reply