अमेरिकी विदेश उपसहायक मन्त्री नेपाल भ्रमणमा
काठमाडौ, चैत्र १२ -
दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी विदेश उपसहायक मन्त्री डा. अलिस्शा आर्यस पाँच दिने भ्रमणका लागि नेपाल आइपुगेका छन् ।
अमेरिकी दूतावासले जनाए अनुसार उनले उच्च सरकारी अधिकारी तथा नागरिक समाजमा अभियानकर्ताहरुसंग भेट्ने कार्यक्रम रहेको छ ।
संविधान जारी गर्ने समय नजिकिंदै गर्दा पनि सहमति बन्न नसकेको बर्तमान अवस्थामा शान्ति र संविधानप्रति चासो राख्दै उनी नेपाल आएका हुन् । त्यसपछि उनी पोखरा जाने छिन् त्यहाँ उनले उद्योगी ब्यवसायी तथा नागरिक समाजका अगुवाहरुसंग भेट्ने छन् । साथै पोखरास्थित अमेरिकी कर्नरमा युवा विद्यार्थीहरुसंग छलफल गर्ने कार्यक्रम रहेको छ । दूतावासले जारी गरेको बिज्ञप्तिमा सन् २०१० मा उनी दक्षिण तथा मध्य एशियाको उप सहायक विदेश मन्त्रीको रुपमा नियुक्त गरिएका हुन् । उनीसंग यस क्षेत्रको सरकारी तथा निजी क्षेत्रसंग काम गरेको लामो अनुभव छ ।
स्रोत :कांतिपुर