|

काङ्ग्रेस–एमालेको मुकुण्डो च्यातियो -प्रचण्ड

भक्तपुर , माघ १३ – भक्तपुर जिल्ला सम्मेलनको शनिबार उद्घाटन गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकहरु माओवादीको पक्षमा देखिएपछि विपक्षी दलको मानसिक सन्तुलन खल्बलिएको टिप्पणी गर्नुभएको छ । २५ वर्षसम्म सत्तामा बसेका एमाले-कांग्रेसका नेताहरुको कुर्सी नपाउँदा अहिले सन्तुलन बिग्रेको छ यसको उदाहरण दैलेखमा भएको मुठभेड हो ।सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले आफ्नो पार्टीको अधिवेशन रोक्न खोज्नु कायर मानसिकताको उपज भएको बताउनुभयो । लोकतन्त्रको कुरा गर्ने काङ्ग्रेस–एमालेको मुकुण्डो च्यातिएको भन्दै प्रचण्डले विपक्षीदलहरु चुनावबाट भागेर सरकार मात्रै गठन हुनुपर्ने एकोहोरो रटानमा लागेको आरोप लगाउनुभयो ।

सम्मेलनलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हजारौंका मुद्दा छाडेर विपक्षी दलहरुले सरकार चाहिने एउटा मुद्दालाई मात्र उठाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । पत्रकार डेकेन्द्र थापाको हत्या मुद्दा परम्परागत हिसाबले अगाडि नबढ्ने भन्दै भट्टराईले संक्रमणकालीन न्यायको सिद्धान्त अनुसार अघि बढ्ने बताउनुभयो । विपक्षी दलले २२ वर्षसम्म देशमा शासन मार्फत लुट मच्चाएकाले आत्तिएर छटपटी भएर आन्दोलन थालेको प्रधानमन्त्रीले आरोप लगाउनुभयो । केन्द्रमा आफूहरुबीच भएको एकताको सन्देश दिँदै हिँडेका एमाओवादी शीर्ष नेताहरुले भक्तपुर र रौतहटमा सम्बोधन गर्दैछन । कांग्रेस, एमालेसहित विपक्षी दलका कार्यकर्ताले अरनिको राजमार्गमा पर्ने सल्लाघारीमा विरोध प्रदर्शन गरे पनि स्थानिय जनताहरुको साथ नपाए पछि  सामान्य प्रदर्शनलाई प्रहरीले हटाएको थियो ।

Posted by Butwalonline on 5:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "काङ्ग्रेस–एमालेको मुकुण्डो च्यातियो -प्रचण्ड"

Leave a reply