दुई पटक शिलान्यास भई निर्माणहुन नसकेको परासी कबर्डहल निर्माण हुने
नवलपरासी,मंसिर २२- नवलपरासी जिल्लाको सदरमुकाम परासीमा स्थानिय निकायबाट दुई पटक शिलान्यास भई निर्माण हुन नसकेको परासी कबर्ड हल निर्माण हुने भएको छ ।
रामग्राम नगरपालिका ५ स्थित जिविसले उपलब्ध गराएको करिब चार कट्ठा जग्गामा राष्ट्रिय खेलकुद परिषदले कबर्डहल निर्माण गर्न लागेको हो । सात बर्ष पहिला जिविसले कबर्डहल निर्माणका लागि उपलब्ध गराएको जग्गामा दुई पटक स्थानिय निकायकै प्रमुखले शिलान्यास गरे पनि आवश्यक बजेट अभावमा अलपत्र अवस्था रहेको थियो