|

बुटवलको सिंह परिवारद्धारा राष्ट्रिय स्तरकोसम्मान पुरस्कार स्थापना

बिनोद परियार,बुटवल ,मंसिर २२- बुटवलको सिंह परिवारले राष्ट्रिय स्तरको कला तथा संगीत सम्मान पुरस्कार स्थापना गरेको छ । बुटवलमा आज पत्रकार सम्मेलन आयोजना गर्दै सिंह परिवारले सो घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा वितरित प्रेश विज्ञप्तिमा संगीत र कला क्षेत्रमा लागेका कलाकारहरुको सम्मान गर्ने उद्देश्यले १० लाखको अक्षयकोष खडा गरेको उल्लेख गर्दै त्यसबाट आउने व्याजबाट प्रत्येक बर्ष  अभिनय र संगीत क्षेत्रमा क्रियाशिल व्यक्तीहरुलाई सम्मान गरिने छ । सो पुरस्कारको राशी प्रति व्यक्ति रु २५ हजार १ रुपैया रहने छ ।

पत्रकार सम्मेलनमा समाजसेवी तथा बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष महेशमान सिंहले आफ्ना पिता सुरदीप्तमान सिंह र माता पदमादेवी सिंहको सम्झनामा सुरपदमा पुरस्कार स्थापना गरेको बताउनु भयो ।सो पुरस्कार छनौटका लागि अभिनेत्री बसुन्धरा भुसाल, साहित्यकार उषा शेरचन र इन्दीरा प्रसाई, वरिष्ठ गायीका कुन्ति मोक्तान र तारा थापा, महिला पत्रकार अम्बिका राजस्थला र गृष्मा राजभण्डारीलाई निर्णायक मण्डलमा राखिएको छ । स्व. पदमादेवी सिंहको जन्मदिन पौष २ गते वितरण गर्ने गरि आवश्यक तयारी गरिएको गायीका देविका प्रधानले बताउनु भयो । कार्यक्रम काठमाडौमा गरिने पनि सो अवसरमा जानकारी गराइएको थियो । हाल २ वटा विधामा मात्र पुरस्कार वितरण गर्ने निर्णय गरिएको भएपनि भविष्यमा अन्य विधाहरु पनि थप्दै लैजाने योजना रहेको परिवारका सदस्य डा. रमेशमान सिंहले बताउंनु भयो ।


Posted by Butwalonline on 5:39 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " बुटवलको सिंह परिवारद्धारा राष्ट्रिय स्तरकोसम्मान पुरस्कार स्थापना"

Leave a reply