|

पाल्पा अर्गलीमा महिला हिंसा र कानुनी प्रवधानका बारेमा कार्यक्रम

पाल्पा ,मंसिर २२- पाल्पा अर्गली गाविसका महिलाहरुले महिला माथी हुने हिंसा र कानुनी प्रवधानका बारेमा ज्ञान पाएका छन् । उनिहरुले घरेलु हिंसाबाट बच्ने उपाय, यौन तथा प्रजनन् अधिकार, घरेलु हिंसामा परेकालाई दिइने सहयोग लगायतका बिषयमा बुझेका छन् । दलित महिला संघ पाल्पाले अर्गली गाविस र महिला तथा बालबालिका कार्यालयको समन्वयमा लैङ्किक हिंसा विरुद्धको १६ दिवसीय अभियान अन्र्तगत प्रशिक्षण दिएपछि महिलाहरुमा चेतना बढेको हो ।

महिलालाई लक्षित गरेपनि गाविस स्तरका राजनीतिक दल, प्रहरी चौकी, स्वास्थ्य संस्था, शिक्षक र स्थानीय पुरुषहरुले महिला माथी हुने घरेलु, छुवाछुत, यौनजन्य लगायतका हिंसालाई गाविसमा रोक्ने प्रतिबद्धता जनाएका थिए । लोकतान्त्रिक पद्धतिमा दलित महिला समावेशीकरण परियोजना अन्र्तगत अर्गलीका ६० जना महिलाहरुलाई महिला हिंसा र कानुनी प्रवधानका बारेमा प्रशिक्षण दिइएको थियो । महिला विकास अधिकृत तुल्सा अर्याल र अधिबक्ता लालकुमारी रानाले महिलाहरुका अधिकार, कानुनी उपचार, राहतकोष र अदालतको निशुल्क कानुनी परामर्शका बारेका प्रशिक्षण दिएका थिए । लैङ्किक हिंसा विरुद्धको १६ दिवसीय अभियान अन्र्तगत महिलाका क्षेत्रमा काम गर्न सरकारी तथा गैर सरकारी संस्थाले समन्वय गरी गाविस र जिल्लामा गतिविधि संचालन गदै आएका छन् ।

Posted by Butwalonline on 5:29 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पा अर्गलीमा महिला हिंसा र कानुनी प्रवधानका बारेमा कार्यक्रम "

Leave a reply