घरबहाल सम्बन्धि समस्या दिन प्रतिदिन बढ्दै गएपछि ब्यबसायीहरु चिन्तित
बिनोद परियार,बुटवल ,मंसिर २२- मुलुकका अधिकांश शहरमा जस्तै भैरहवा क्षेत्रमा पनि घरबहाल सम्बन्धि समस्या दिन प्रतिदिन बढ्दै गएपछि ब्यबसायीहरु चिन्तित हुन थालेका छन । अत्यधिक घरभाडा बृद्धीले पिरोलिएका ब्यबसायीहरुले यसबाट उत्पन्न समस्यालाई तत्काल समाधान गर्न सरोकारवाला पक्षसाग आग्रह गरेका छन ।
घर तथा शटर भाडामा लिइ ब्यबसाय गरेका भैरहवाबासीहरुले घरधनीहरुको ज्यादती यन्त्रणका लागि तत्काल कदम चाल्न आग्रह गर्दै यस सम्बन्धमा ब्यबसायीहरु पनि एकजुट भै अगाडी बढ्नुपर्ने कुरामा जोड दिएका छन ।
यसैबिच नेपाल घरभाडा सरोकार संघ रुपन्देहीको भैरहवामा सम्पन्न एक भेलाले ११ सदस्यीय सिद्धार्थनगर नगर समिति गठन गरेको छ । गोबिन्द ढकालको अध्यक्षतामा गठित सो समितिको उपाध्यक्षमा प्रदिप रावत, सचिवमा दिनेश बानिया, कोषाध्यक्षमा प्रदिप पराजुली, सदस्यहरुमा राम बहादुर पुन, सोमबहादुर परियार, भिमा खरेल, उपेन्द्र केसी, गंगा अधिकारी, तुल्सी भट्टराई र मनोरन्जन शर्मा रहनु भएको छ । यसैगरि सो भेलाले किरण सरकार, राजु कर्माचार्य र शंभु पंतलाई सल्लाहकारमा चयन गरेको नेपाल घरभाडा सरोकार संघ रुपन्देहीले जनाएको छ ।