|

महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाईयो

बिनोद परियार,बुटवल ,फागुन २७ -महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाईएको छ । हिन्दु धर्मावलम्बीहरू आज नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरि यो पर्व मनाइरहेका छन् । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्री पर्वको मेला भर्न आज नेपालका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइाचो लागेको छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदु:खी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । आज रुपन्देही र यसआसपासका शिवमन्दिरहरुमा भक्तजनहरुको घुईचो लागेको छ । पाल्पा दोभान स्थित सिद्धबाबा र बुटवलको मुक्तिनाथधाम मन्दिर र अन्य शिवमन्दिरहरुमा पुजा आजा सहित भजनकृतन गरि शिवरात्री पर्व मनाउनेक्रम चलिरेहको छ । सिद्धबाबामा आज हजारौं दर्शनार्थीहरुले पुजाआजा गरेका छन् ।  सिद्धबाबा मन्दिर व्यवस्थापन समितीले भक्तजनलाई सहजै पुजाआजा गर्न र दर्शन गर्न बिशेष व्यवस्था मिलाएको थियो । लुम्बिनी अंचलसगै नेपालका करीब २५ जिल्ला र भारतको गोरखपुरबाट समेत मेला भर्न सिद्धबाबामा आएको समितिले जनाएको छ ।  यता शिवालय पुजा ब्यवस्थापन परिषद बुटवल १३ देविनगरको आयोजनामा महाशिवरात्रीको अवसरमा पुजा र भजन कार्यक्रम गरिएको छ । देविनगर स्थित शिवालय मन्दिरमा शिवलिङगमा जर्लापण, पुजा,लघुरुद्री,शिवपुराण,चण्डी पाठ तथा भजन कृतनको गरिएको हो । अहिले पनि विभिन्न ठाउमा भजनकृतन चलिरहेको छ । यस सम्बन्धि रिर्पोट अहिले केहिबेरमा प्रशारण गरिने छ ।

Posted by Butwalonline on 6:09 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाईयो"

Leave a reply