६ करोड कारोबार गर्दै पाल्पा महोत्सव सकियो
मुक्तिप्रसाद न्यौपाने, पाल्पा,फागुन २७-पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र सम्भावना छ अपार भन्ने नारा लिएको आठौं पाल्पा महोत्सव २०६९ को समापन गर्दै प्रधानमन्त्रिका अर्थ सल्लाहकार रामेश्वर खनालले देशमा उद्यमशीलताको समय आएको बताएकाछन् ।आइतबार पाल्पा महोत्सवको समापन गर्दै खनालले देशका उर्जाशील युवाशक्ति विदेश पलायन हुने क्रम बढेकोले उद्यमशीलताको बेला आएको बताएका हन् । ‘नेपालमा आयात निर्यातको अवस्था दयनीय छ, १५ प्रतिशत वस्तुमात्र निर्यात हुने गर्दछ’ खनालले बताए । नेपालबाट १९ वस्तुहरुको निर्यात हुनेमा अदुवा अग्रणी रहेको उल्लेख गर्दै खनालले वस्तुहरुको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका थिए । महोत्सव पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा महोत्सव सञ्चालन भएको हो । महोत्सवमा करिब ७ करोड बराबरको कारोबार भएको छ । ११ दिनसम्म सञ्चालन भएको मेलाको करिब २ लाख दर्शकले प्रत्यक्ष अवलोकन गरेकाछन् ।
महोत्सवको आम्दानी पाल्पाको कृषि, पर्यटन, घरेलु तथा कुटिर उद्योगको प्रवद्र्धन, कला, संस्कृतिको संरक्षण र सम्बद्र्धनका साथै संघको बहुउद्देश्यिय भवन निर्माणकालागि खर्च गरिने महोत्सव मूल आयोजक समितिका संयोजक मधुदयाल सैंजुले बताए । संघले पाल्पा तानसेनमा करिब ५ करोड रुपैयााको लागतको भवन बनाउने बताएको छ ।
महोत्सवमा अटोमोबाईल्स, हाउजिङ्ग, रियलस्टेट, वित्तिय कम्पनी, रेष्टुरेन्ट, फेन्सी, शैक्षिक, कृषि, स्थानिय उत्पादन लगायतको २ सय ८७ स्टल सहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाले ट्राफिक नियम र सुरक्षाका विषयमा अवलोकनकर्तालाई ज्ञान सिकाएको थियो । एक गाउा एक उत्पादनमा अदुवाको छुट्टै प्याभिलियनमा अदुवाको सुठो र विउको बिक्रि गरिएको मेलामा पाल्पाका धार्मिक तथा ऐतिहासिक स्थलहरुको काष्ठकलाका नमुनाको प्रदर्शनी रह््यो । अवलोकनकर्ताहरुले पाल्पा कारागारका बन्दीहरुले बनाएका सामाग्रीहरुको खरीद गर्नमा व्यस्त देखिन्थे । सीसि क्यामेराबाट महोत्सवका गतिविधिहरुमा नियन्त्रण रहेकोले कुनै अप्रिय घटना नभएको सुरक्षा उपसमितिका संयोजक सुरेश लिगलले बताए । महोत्सवमा चर्चित नायक दीलिप रायमाझि, हास्यकलाकार मनोज गजुरेल, दीपक थापा, लोक गायकगायिकाहरु खुमन अधिकारी, इन्द्र जिसी, वीरु लामा, भागीरथ चलाउने, राधिका हमाल, आधुनिक तर्फ प्रमोद खरेल, एस कुमार, शीव परिवार, माण्डवी त्रिपाठी, अञ्जु पन्त लगायतको प्रस्तुती भएको थियो । महोत्सवमा सीनियर तथा जुनियर डान्स प्रतियोगिता समेत सञ्चालन गरिएको थियो ।
महोत्सवमा अटोमोवाइल्सतर्फ करिब २ करोड, वालउद्यान तर्फमात्र करिब १ करोडको कारोबार भएको महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक अजयमान कर्माचार्यले बताए । १० हजारले पत्रकार टेकनारायण भटट्राईले राखेको पाल्पाका पर्यटनसाग सम्बन्धित फोटो प्रदर्शनी अवलोकन गरेकाछन् । महोत्सवमा प्रवेश गर्ने सर्वसाधारण दर्शकका लागि रु ३५ र विद्यार्थीका लागिक रु. २० को टिकटको व्यवस्था गरिएको थियो । महोत्सवमा लुम्बिनी मेडिकल कलेजले निशुल्क प्राथमिक उपचारको व्यवस्था गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला विकास समिति, तानसेन नगरपालीका कार्यालयको आयोजना र जिल्ला कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयको सहआयोजनामा महोत्सव आयोजना गरिएको थियो ।
महोत्सव अवलोकनका लागि स्याङ्जा, पर्वत, गुल्मी, अर्घाखााची, रुपन्देही, नवलपरासी, चितवन, कास्की लगायतका ३० बढी जिल्लाका पर्यटकहरु आएको आयोजकले बताएको छ । महोत्सवको एभिन्यूज टेलिभिजन र आर्थिक अभियान दैनिक अफिसियल मिडीया रहेको थियो । महोत्सव फागुन १६ गते शुरु भएको थियो ।
Posted by Butwalonline
on 5:32 PM. Filed under
Economy,
News,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response