|

गज़ल

मुलुकको खजाना लुटेरै सखापभो
******************
मुलुकको खजाना लुटेरै सखापभो
भरोषा र आशा चुटेरै सखापभो

गरीवी र भोकले सधैँ ग्रस्त पार्दा
समाजका सुस्वप्ना टुटेरै सखापभो

अशिक्षा र अन्धो समझ फैलिनाले
भविष्यत र भाग्य फुटेरै सखापभो

इलम क्यै नपाई युवाशक्ति सारा
विदेश तर्फ लर्कन छुटेरै सखापभो

कहाँहो सुशासन गयो भक्ति देशको
सबै पद र लोभमा जुटेरै सखापभो

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
19Jan ,2013

Posted by Butwalonline on 7:47 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

1 comments for "गज़ल"

  1. प्रिय Butwal online, , अत्यन्तै स्नेह पूर्वक मेरो गज़ल प्रकाशित गरिदिनु भएकोमा हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l

Leave a reply