यौनसंसर्गले ज्यान पनि लिन सक्छ
यौनसंसर्गका दौरान चरम आनन्दका अलावा मानिसको ज्यानै जान सक्ने खतरा पनि रहेको वैज्ञानिकहरूले बताएका छन् । यौनसम्पर्क गरिरहँदा मानिसहरू हृदयाघातको सिकार हुन सक्ने तथ्य अनुसन्धानले पुष्टि गरेको हो । अनुसन्धानकर्ताका अनुसार हृदयाघात हुने हरेक ४५ जनामध्ये एक जना यौनसम्पर्ककै दौरान यस्तो जोखिममा पर्ने गरेका छन् । नेल्सन रोकफेलर, एरोल फ्लिन, फ्रान्सेली पूर्वराष्ट्रपति फेलिक्स र अरू दुई जना पोपको मृत्युको कारण पनि शारीरिक सम्बन्धका दौरान भएको हृदयाघात भएको उल्लेख गरिएको छ ।अनुसन्धानकर्ताले विनापार्टनर यौन गतिविधिमा संलग्न हुनेहरूलाई त अन्धोपनको जोखिम पनि रहने प्रस्ट्याएका छन् । यस्तो मामिलामा सास रोकिएर मान्छेको मृत्यु हुने गरेको पनि पाइन्छ । हलिउड अभिनेता डेभिड क्याराडाइन, गायक माइकल हचेन्स, ब्रिटेनका एक सांसद यसका दृष्टान्त हुन् । यद्यपि यस्ता घटना एकदमै न्यून छन् । एउटा अध्ययनले यो पनि उल्लेख गरेको छ कि क्यानडाका दुई राज्यमा यौनसम्बन्धका क्रममा हुने यस्तै जोखिमका कारणले मात्रै कम्तीमा १ सय १७ मान्छेको मृत्यु भएको थियो । (एजेन्सी)
स्रोत :सौर्य दैनिक