माओवादीले हत्या गरेका डेकेन्द्र थापाको देउडा युट्युबमा हिट
माओवादीले हत्या गरेका दैलेखका पत्रकार डेकेन्द्र थापाले कर्णाली किनारमा बसेर गाएको दैलेखी भाकाको गीत युट्युबमा चर्चित बनेको छ। वृत्तचित्र निर्माता ध्रुव बस्नेतले सन् २००३ मा खिचेको भिडियोलाई हिजो युट्युबमा अपलोड गरेका थिए।
ट्विटर र फेसबुक प्रयोगकर्ताले रुचाइएको भिडियो शुक्रबार दिउसोसम्ममा १३ हजार ७ सय १३ जनाले हेरेका छन्। २ मिनेट २१ सेकेन्डको भिडियो हेरेपछि सर्वसाधारणले डेकेन्द्र हत्याका दोषीलाई कारवाही गर्नुपर्ने प्रतिक्रिया दिएका छन्। 'एउटा सुन्दर, समाजप्रेमी, देशप्रेमी र होनहार युवाको निर्मम हत्या गरेर माओवादीले यो देशमाथि ठूलो अपराध गरेका छन्', बसन्तकुमार गौतमले लेखेका छन्- 'यो देशले त्यो अपराधको बदला लिनैपर्छ र लिनेछ।'
शुक्रबारसम्म आएका ३८ प्रतिक्रियामध्ये अधिकांशले थापाको कलात्मक क्षमताको प्रशंसा गर्दै हत्यामा संलग्नलाई कारवाही माग गरेका छन्।
गायकः डेकेन्द्र थापा
भिडियोः ध्रुव बस्नेत
नागरिक