|

न्यु सिर्जना रञ्जन सागर स्मृति कपको फाइनलमा

न्यु सिर्जना युवा क्लब करोजिया बुटवलमा जारी रञ्जन सागर स्मृति कपको फाइनलमा प्रवेश गरेको छ । शनिवार प्रतिद्धन्दि लिस्नु यृुवा क्लब कोटिहवालाई ५–३ को गोलअन्तरले हराउदै न्यु सिर्जना युवा क्लब उपाधि नजिक पुगेको हो ।

फिफा टेक्निकल सेन्टरमा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा न्यु सिर्जनको तर्फबाट खेलको आठौ मिनेटमा अजय थापाले पहिलो गोल गरेका थिए । पहिलो गोलबाट हौसिएका थापाले १६ औं मिनेटमा पुनः अर्को गोल गरे । यसको लगतै अर्थात १८ औ मिनेटमा लिस्नुको तर्फबाट गोविन्द थापाले गोल गर्दै खेललाई २–१ को स्थितमा पुरयाए ।

खेलमा उतार चढाव भै रह्दा खेलको २६ औं मिनेटमा रुपक थापाले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुरयाए पनि ४३ औं मिनेटमा सोम लामाले अर्को गोल थपेपछि मध्यान्तर अघि न्यु सृजनाले ३–२ को अग्रता लियो । मध्यानतर पछि आक्रामक रुपमा प्रस्तुत भएको न्यू सिर्जनाले ६३ औं मिनेटमा पुनः अर्को गोल थप्यो । बिसाल पुनले गोल गर्दै टीमलाई अग्रता दिलाएका हुन् । त्यसको ३ मिनेट पछि लिस्नुका गोविन्द थापाले गोल गरेपनि ८६ औं मिनेटान न्यु सृजनाका लागि भीम दरलामीले थप गोल गरेपछि लिस्नु खेलमा फर्कन सकेन ।

उक्त खेलमा लिस्नुका गोविन्द थापाले म्यान अफ द म्याचको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको फाइनल खेल आगामी २७ गते हुनेछ  भोली आइतवार रुपन्देहीको महिला फुटवल टीम र नवलपरासीको महिला फुटवल टीम बीच मैत्रीपूर्ण खेल हुने आयोजकले जनाएका छन् ।

Posted by Anonymous on 6:20 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "न्यु सिर्जना रञ्जन सागर स्मृति कपको फाइनलमा"

Leave a reply