|

स्वतन्त्ररुपमा कलम चलाउनेलाई सम्मान गरिने

बाबुराम भुसाल,बुटवल, कार्तिक २४ । स्वतन्त्र पत्रकार संघ रुपन्देहीले आउदो मंसिरमा गर्ने सांस्कृतिक कार्यक्रमको तयारी तीव्र पारेको छ । शनिबार बुटवलमा बसेको बैठकले कार्यक्रमलाई भब्यरुपमा सम्पन्न गर्नका लागि तयारी तीव्र पारेको जानकारी दिएको हो । संघले सांस्कृतिक कार्यक्रम का अवसरमा  रुपन्देहीमा रहेर स्वतन्त्र रुपमा कलम चलाउने एक जना क्रियाशील पत्रकारलाई पुरस्कार वितरण गर्ने  कार्यक्रम पनि रहेको जानकारी दिएको छ ।

संघका  अध्यक्ष बाबुराम गैरेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोविन्द बस्नेत, कोषाध्यक्ष कल्पना पाण्डे, सदस्यहरु सावि अर्याल, विरेन्द्र पाण्डे, अनिल भुसाल, बाबुराम भुसाल, उमा खनाल, दिनेश श्रेष्ठ, विदुर घिमिरे केन्द्रीय पार्सद भेषराज कार्की, राजेन्द्र जंग रायमाझी, लगायतले बोलेका थिए । त्यस्तै कार्यक्रममा कमला बस्नेत, नवसुजित भण्डारी, गणेश ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव अशोक गौतमले गरेका थिए ।

Posted by Butwalonline on 6:22 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्वतन्त्ररुपमा कलम चलाउनेलाई सम्मान गरिने"

Leave a reply