|

आर. के एफ. सी द्वारा एन्फा एकेडेमी पराजित

रुद्रपुरमा जारी रविकिरण कपको शनिवार सम्पन्न सेमिफाइनल खेलमा एन्फा एकेडेमी पराजित भएको छ । एन्फा आर. के. एफ. सी बुटवल संग टाइ ब्रेक्ररमा ४–२ ले पराजित भएको हो । निर्धारित समय १–१ को बराबरी भएपनि टाइब्रेक्ररमा पराजित हुन पुगेपछि एन्फाको उपाधि नजिक पुग्ने आशमा नराम्रो संग तुषारापात भयो । टाइब्रेक्ररमा  गौरव बुढाथोकी र निसान्त ढुंगाना गोल गर्न चुके पछि एन्फा एकेडेमी उपाधी दौडबाट बाहिरीएको हो । एन्फाका लागि अशोक थापा र जनम लिगलले टाइब्रेक्ररको अवसरलाई सदुपयोग गरेका थिए । उता आर. के. एफ. सी तर्फ बाट किरण लामा,कमल थापा, मनोज कार्की, लेलिन सुनारले गोल गरे भने साजन थापाको प्रहार विपक्षी गोल रक्षकले बचाऊ गरे ।

यस अघि निर्धारित समयमा भएको खेलमा खेलको छैठौं मिनेटमा किरण कुव“रको गोल बाट एन्फाले अग्रता लिए पनि मध्यानतर पछिको १८ औं मिनेटमा कमल थापाले आर. के. एफ. सी. को तर्फबाट बराबरी गोल गरेका थिए । यो जित संगै आर. के. एफ. सी. बुटवल ले फाइनलमा भिजन मोहिनी फुटवल क्लब बुटवल संग आगामी २८ गते प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत  भोली  आइतवार तेश्रो स्थानमा लागि एन्फा एकेडेमीले कञ्चन युवा क्लब गजेडीको सामना गर्नेछ । प्रतियोगितामा पहिलो हुनेले ५१ हजार नगद र शिल्ड, दोश्रो हुनेले २५ हजार नगद तथा तेश्रो हुनेले १० हजार नगद प्राप्त गर्ने बताइएको छ ।


Posted by Butwalonline on 6:18 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आर. के एफ. सी द्वारा एन्फा एकेडेमी पराजित"

Leave a reply