कपिलवस्तुमा जिल्लामा ७३ जनाले आत्महत्या गरे
किरणमान बज्राचार्य,कपिलवस्तु, २५ कार्तिक-कपिलवस्तुमा आत्महत्या गर्नेहरुको संख्या बृद्धि हुदै गएको छ । गत आर्थिक बर्ष २०६८÷०६९ मा जिल्लामा ७३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आर्थिक बर्ष ०६६÷०६७ मा ६५ जना तथा आर्थिक बर्ष ०६७÷०६८ मा ६१ जनाले आत्महत्या गरेका थिए । गत बर्ष २२ जना झुण्डीएर , ४९ विष सेवन बाट आगो लगाएर १ जना तथा हामफालेर एक जनाले आत्महत्या गरेका थिए । चालु आर्थिक बर्षको साउन देखि अहिले सम्म चार महिनाको अवधिमा १४ जनाले आत्महत्या गरीसकेका छन् । जस्मा आधा बढी महिला नै रहेका छन् ।
बढ्दो महंगी, बेरोजगारी, बदलीदो सामाजिक परिबेश, निराशापन, मानसिक यातना, प्रेममा असफलताका कारण अधिकांशले आत्महत्या गर्ने गरेको पाइएको छ । जसमा अधिकांश महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालय अनुसार अधिकांश व्यक्तिहरु आर्थिक विपन्नताका कारण आत्महत्या गर्ने गरेका छन् । प्रेममा असफल भएपछि एक दर्जनले आत्महत्या समेत गरेका थिए । घरमा श्रीमान श्रीमति बिच सधै हुने झैझडा, बिवादले गर्दा नै अधिकान्सले आत्महत्या गरेको पाईएको छ ।
बदलिदो सामाजिक परिवेशमा बढ्दो गरिबीका कारण अधिकांश विपन्न व्यक्तिहरुमा आर्थिक अवस्था कमजोर भएपछि उनीहरुले आत्महत्या गर्ने गरेको डा. अनन्त शर्मा बताउनु हुन्छ । केहि व्यक्तिहरुमा मानसिक यातनाका कारण नैराश्यता पैदा हुदा पनि विष सेवन गरि अथवा झुण्डीएर आत्महत्या गर्ने गरेका उनको भनाई छ । विष सेवन गर्दा अधिकांशले मेटासिट नामक विषादिको प्रयोग गर्ने गरेको प्रयाप्त पोष्टमार्टम रिर्पोटहरुमा देखिएको उनले जानकारी दिए । जिल्लाका कतिपय बिषादी बिक्रेताले गैर किशानलाई थारै पेसाको लाभका लागि समेत बिषदी बिक्री गरेकोले पनि बिष सेवनबाट आत्महत्या गर्नेको संख्या बढी रहेको स्थानीयबासी बताउछन् । कतिपयले भारतमा गएर बिषदी खरीद गरी सेवान गरी आत्महत्या गरेको प्रहरीले बताएको छ ।
हरेक वर्ष आत्महत्या गर्नेहरुको संख्यामा वृद्धि हुनु र झन त्यसमा पनि महिला र युवाहरुको संख्या बढि हुनुमा समाजमा एउटा चिन्ताको विषय बनेको समाजशास्त्त िहरिराज शर्मा बताउछन । अभिभावकले बालबालिकामा दबाब दिदा, किसान ऋणमा डुब्दा, दाइजोका कारण मानसिक यातना भोग्दा पनि समाजमा आत्महत्या गर्नेहरुको संख्या बढिरहेको हुदा सामाजिक क्षेत्र बाट नै यसको न्यूनिकरण गर्न सकिने उहाले बताउनुभयो । बढ्दो जनसंख्या र परिर्वतित समाजमा आफ्नो आवश्यक्ता र चाहना पुरा गर्न नसकेपछि बढ्ेको आत्महत्या अहिले एउटा ठूलो खोजको विषय बनेको छ ।
