सुचना केन्द्रलाई दुई लाखको सामग्री
कपिलवस्तु, २५ कार्तिक-नेपाल परिवार नियोजन कपिलवस्तु शाखाले गजेहडा गाबिस स्थित बाणगंगा उच्च माबिमा गठीत युवा सुचना केन्द्रलाई दुई लाख बढीको सामाग्री हस्तान्तरण गरेको छ । संघमा संचालित स्वास्थ्यका लागि मानव संशाधन परियोजन अन्र्तगत सो सामाग्री हस्तान्तरण गरिएको हो ।
किशोरा किशोरालाई यौन तथा प्रजनन स्वास्थय बारे जानकारी लिनका लागि दुई वटा क्याबिनको निर्माण, कम्प्युटर, तथा फीर्नचरका सामाग्री केन्द्रलाई उपलब्ध गराईएको संघका युवा संयोजक बिकास पोख्रेलले बताए । केन्द्रलाई यौन तथा प्रजनन स्वास्थय बिषयका ब्रोसर, किताब समेत प्रदान गरिएको थियो ।
केही दिन मै त्यहा थप दुई लाखका सामग्री उपलबध गराईने परियोजनका संयोजक कोमद राज शर्माले बताए । केन्द्रको उद्घाटन शिक्षा कार्यालयका उप सचिव बावुराम भट्टराईले गरेको थिए । यस अघि संघले सोही परियोजन अन्र्तगत पकडी स्वास्थय चौकीमा रहेको युवा सुचना केन्द्रलाई समेत चार लाखको सामग्री उपलब्ध गराईसकेको जनाएको छ ।
