|

प्लास्टीकको मालाको ब्यापार बढ्यो

किरणमान बज्राचार्य,कपिलवस्तु, २५ कार्तिक-तिहारका लागि चाहिने मखमली र सयपत्री फुल पाईन छाडे पछि कपिलवस्तुका बजारमा प्लास्टिकका मालाको ब्यापार उल्लेखनीय रुपमा बृद्धि भएको छ । केही बर्षयता देखि मखमली र सयपत्री फुलको अभाव भए पछि प्लास्टिक, कपडाको मालामा भारी बृद्धि भएको हो ।

अहिले तिहारलाई लक्षीत गरी ब्यपारीहरुले प्लास्टीकका माला भारतबाट ल्याएका छन् । कपिलवस्तुको तौहिलवा, कृष्णनगर, चन्द्रौटा लगायतका बजार तथा जिल्लाका बिभिन्न स्थानमा लाग्ने साप्ताहिक हाट बजारमा रंगीचंगी प्लाटिकका कृत्रिम मालाहरु बेच्नका लागि राखिएका छन् । पुरै बजार मालाले सिंगारिएका छन भने ब्यपारीले ग्राहकलाई आकर्षित गर्न पसलमा मालाहरु सजाएर राखेका छन् । तौहिलवा हाट बजारका ब्यपारी लल्लु गूप्ताले बजारमा मखमली र सयपत्री फुल आउनै छाडे पछि केही बर्ष यता देखि प्लास्टिकका मालाहरु प्रति ग्राहक आकर्षित भएको बताए । रक्षा बन्धन पछि तिहारमा माला सबै भन्दा बढी बित्री हुने भएकाले आफुले भारतबाट माल ल्याएको गुप्ताले बताए । पाँच रुपैया देखि साढे तीन सय मुल्यमा माला बिक्रीका लागि राखेको भन्दै उनले तिहारमा एक लाख बढीको माला बिक्री हुने बताए । प्रत्येक माला ब्यापारीले न्युनतम ५० हजार देखि एक लाख सम्म कारोवार हुने बताएका छन् । त्यस हिसाबले नै जिल्लामा नै यस्को लाखौको कारोवार हुने पुष्टी गरेको छ । तौलिहवाको चोक बजारमा माला किन्नेहरुको भीडभाड बढेको छ । भाईलाई तिहारमा माला लगाई दिनका  लागि माला किन्न शुक्रवार चौक बजार आएकी कपिलवस्तु नगरपाकिला– १ की मोनिका श्रीवस्तवले मखमली फुल पाईनै छाडे पछि बाध्य भएर प्लास्टिकको माला किनेको बताए । “ पहिला घर, टोल छिमेकी जताततै फुल पाईन्यो तर अहिले फुलहरु देखिनै छाड्यो । ” उनले भनिन ।

जिल्लामा ब्यवसायिक फुलखेती नभएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । माग अत्यधिक छ तर फुल नपाईएकाले उपभोक्ताहरु बाध्य भएर प्लास्टिकको मालाको सहारा लिनु परेको कृषि  कार्यालयका प्रमुख खुस्र्रेद अहमद खाँ बताउछन् । भारतबाट आयातित यी फुलका कारण बार्षिकरुपमा लाखौ रुपैया बिदेशीने गरेको उद्योग बाणिज्य संघका अर्जुन चापागाई बताउछन् । त्यसलाई रोक्नका कि त जिल्लामा ब्यवसायिक फुल खेती गर्नु पछ कि प्लास्टिकको माला बनाउने उद्योग स्वादेश मै खोलिनु पर्ने उनको भनाई छ ।


Posted by Butwalonline on 5:57 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्लास्टीकको मालाको ब्यापार बढ्यो"

Leave a reply