|

सहकारी समाजको आवश्यकता


बुटवल २५ कार्तिक । सहकारीको माध्यमले समाज रुपान्तरण सम्भव भएको एक कार्यक्रममा सहभागि वक्ताहरुले बताएका छन् । उनिहरुले सहकारी मात्र समाजका हरेक वर्गका सर्वसाधाराणहरुको पहुचमा पुग्न सक्ने भएकोले यसको माध्यमबाट समाजिक रुपान्तरण सम्भव भएको उनिहरुको ठहर छ । मलिका बचत तथा क्रण सहकारी संस्था बुटवल १३ देविनगरको बार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

सहकारीले निम्न स्तरका सर्वसाधारणहरुको आर्थिक अवस्था उकास्न सहयोग गर्ने भएकोले राज्ले यसलाई अझ वढि सरल र सहज बनउनु पर्ने बताए । सहकारीका अध्यक्ष लोकराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचनले सहकारी संस्थाहरुको पारर्दितामा ध्यान दिएमा यसले साधारण व्यक्तिहरुको जिवनस्तर पनि सकिलै उकास्ने बताउनु भयो ।

सो अवसरमा स्थानिय संघ संस्थाका प्रतिनिधिहरु टोप वहादुर थापा, सावित्रि टण्डन,लोकनाथउपाध्याय, शलिकराम पौडेल,चन्द्रमणी अधिकारी,लक्ष्मण श्रेष्ठ,रक्मागत पाण्डे, भिम रामदाम, निशा क्षेत्री,लक्ष्मण अर्याल,संस्थाका सचिव कपिल आर्चाय लगायतले धारण व्यत्तत गरेका थिए । सो अवसरमा २६ प्वाईट रगतदान गरिएको थियो भने देविनगरमा रहेको अनाथ अपाङग आश्रमका २४ जना वालवालिकाहरुलाई जाडोका कपडा वितरण गरिएको संस्थाका सदस्य अर्जुन कुवंरले जानकारी दिनुभयो ।

Posted by Butwalonline on 5:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सहकारी समाजको आवश्यकता"

Leave a reply