|

मतदान प्रक्रियद्धारा विद्यालय ब्यावस्थापन समितीको गठन

कन्हई यादव,भैरहवा ,कार्तिक २५, रुपन्देहीको मर्चवार क्षेत्रको थुम्हवा पिपरहवा स्थित ज्ञान ज्योति नि.मा.वि.मा विद्यालय ब्यावस्थापन समिती को गठन भएको छ । सो विद्यालय का अधिभावक हरु मतदान प्रक्रिय द्धारा समिती गठन गरेका हुन । २४ गते भएको मतदान मा ३ सय ९१ मत खसेको मा १ सय ९३ मत ल्याई आष्ठ भूजा पाण्डे विजयी भएको उपसचिव घनश्याम भूसाल ले जानकारी गराएका छन । उनको प्रतिद्धन्दी शेरअलीले १ सय ७६ मत ल्याएका थिए । त्यस्तै विजयी सदस्यहरुमा राधेश्याम धोबी ,काशीराम यादव र महिला सदस्य अकाली भर विजयी भएका हुन । विजयी लाई शिक्षा कार्यलय बाट गएका उपसचिव घनश्याम भूसाल ,श्रोत ब्यक्ती दोय शालीग्राम शर्मा र विपिन दुबे तथा गा.वि.स.सचिव लालमन लोनिया लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

Posted by Butwalonline on 5:39 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मतदान प्रक्रियद्धारा विद्यालय ब्यावस्थापन समितीको गठन"

Leave a reply