गज़ल
बिछोडको पीडा नसकी खप्न रुँदैछिन बिचरीआँसुले भिज्यो तकिया सबै धुँदैछिन बिचरी
वेदना उर्ल्यो श्रावणको बाढी उर्ले झैं गरेर
प्रियाको साथ सम्झेर दु:खी हुँदैछिन बिचरी
हुरुरू उडी जाने मन थियो बिदा नै मिलेन
तैपनि आशा मरेको छैन दुंदैछिन बिचरी
विवशता ठूलो परेर मात्रै परदेशी भएको
आफन्तसँग विरह व्यथा फुँदैछिन बिचरी
आँखामा नाचे परिवार अनि घरबारी कटेरो
यी सबै कुरा स्वप्नामा सधैँ छुँदैछिन बिचरी
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
15January ,2013
प्रियButwal Online,
यो निरन्तरको स्नेह,सद्भाव र मायाकोलागि हार्दिक आभार तथा धन्यबाद ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ l